Responsive Ad Slot

latest

दोस्रो डुम्र्रे व्यापारीक तथा सांस्कृतिक महोत्सव आज नावौं दिन पनि जारी

Friday, February 14

/ by Unknown

आँबुखैरेनी, २ फागुन । दोस्रो डुम्र्रे व्यापारीक तथा सांस्कृतिक महोत्सव आज नावौं दिन पनि जारी रहेको छ । “व्यापारीक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा” भन्ने मूल नाराका साथ भानु–५, कल्याणटारमा अहिले दोस्रो डुम्रे महोत्सव संचालन भैरहेको छ । फागुन ४ गते सम्म संचालन हुने दोस्रो डुम्रे महोत्सवमा हेलिकप्टर,अस्ट्रिज चरा, हात्ती, प्याराग्लाईडिङ्ग, रेसलिङ्ग, खानाका स्टल तथा रमाईलो मेला महोत्सवको मुख्य आर्कषण रहेको महोत्सवका प्रवक्ता सुबोध अधिकारीले जानकारी दिनुभयो । महोत्सवको आठौं दिन हिजो मात्र १६ लाख रुपैंया बराबरको आर्थिक कारोबार भएको र ८ हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेको छ । महोत्सवमा दिन प्रतिदिन दर्शकहरुको संख्या बढ्दै गएको आयोजकले बताएको छ । यसैबीच, सांस्कृतिक कार्यक्रम अन्तर्गत हिजो गायक रमेश दुलाल र गायिका सुनिता दुलालको प्रस्तुती रहेको कलाकार संयोजक सुनिल श्रेष्ठले बताउनुभयो । यस्तै, आज तितो सत्यका दिपा श्री निरौला र दिपकराज गिरीको प्रस्तुती रहने कलाकार संयोजक श्रेष्ठले जानकारी दिनुभयो । यसैबीच, बन्दिपुर–६, बिमलनगरमा रक क्लाईम्बिङ्ग प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगिताको एक कार्यक्रमकाबीच हिजो तनहुँ जिल्लाका डिएसपी गोपीमान श्रेष्ठले उद्घाटन गर्नुभएको छ । प्रतियोगितामा एक महिला सहित ३३ जना प्रतिस्पर्धामा उत्रिएका छन् । १ सय १५ वटा स्टल राखिएको महोत्सवमा हेलिकप्टरबाट तनहुँ, लमजुङ्ग र गोरखा जिल्लामा रहेका पर्यटकीय स्थलहरुको अवलोकन गर्न सकिने व्यवस्था मिलाईएको आयोजकले जनाएको छ । महोत्सवबाट आयोजकले करिब ४ करोडको आर्थिक कारोबार गर्ने र १ लाख दर्शकले महोत्सवको अवलोकन गर्र्ने महोत्सव मूल समारोह समितीका संयोजक राजेन्द्र पियाले जानकारी दिनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI