Responsive Ad Slot

latest

तनहुँ समाज कतारको तेस्रो बनभोज कार्यक्रम सम्पन (फोटो फिचर सहित)

Sunday, February 23

/ by Admin BHOLA THAPA
दोहा— “सबल र समृद्ध जिल्ला निर्माणमा प्रवासीको योगदान, सहयोग र सदभाव सबैमा तनहु“ सेवा समाजको अभियान” भन्ने नाराका साथ स्थापना भएको तनुहं बासीहरुको साझा संस्था तनहुँ सेवा समाजले तेस्रो वनभोज तथा परिचयात्मक कार्यक्रम गत २१ फेब्रअरीका दिन दोहाको रमणीयस्थल समाल गार्डेनमा सम्पन भएको छ ।

 सस्थाका महासचिव प्रेम थापाले सञ्चालन गरेको कार्यक्रममा कार्यवाहक अध्यक्ष रित कुमार श्रेष्ठको सभापतित्व रहेको थियो भने एनआरएनका उपाध्यक्ष टिबी कार्कीको प्रमुख अतिथि रहेका थिए सस्थाका सचिव सुर्य कुमार लम्सालले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका सस्थापक सचिव करिब बक्सं मियांले सस्थाको स्थापना कालदेखीको अहिल्य सम्माको गतिविधीलाई छोटकरीमा जानकारी गराएका थिए ।  
कार्यक्रममा एनआर एन ए एनसिसि कतारका उपाध्यक्ष कुमार कार्की,खस क्षेत्री समाज कतारका अध्यक्ष हंशराज ढकाल क्षेत्री, धन बहादुर , भरत सुनार, तनहु सेवा समाज कतारका सस्थापक सचिव करिम बक्स मिया , एनआर एन ए एनसिसि कतारका पुर्व अध्यक्ष अमृत गुरुङ, nufot विभिन्न संघ सस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । 

 कार्यक्रममा सांगितिक तथा बिबिध खेलकुद प्रतियोगिताहरुले बनभोज कार्यक्रमलाई थप मनोरन्जनपूर्ण बनाएका थिए । बिजय रानाको सांगितिक प्रस्तुती हामी नेपाली , तिनाउ खोला पारी तथा वावुराम परियारको दशै आयो, लगनको महिनाले दर्शकहरुलाई छमछमी नचायो । हराए म तिम्रो मायामा बिक्रम बुढाथोकी र बिना घतानी तथा नौडाडा पारी वोलको गितमा उमेश र सविताको युगल नृत्यले थप रौनक बढाएको थियो । नेपालकी छोरी हु म वोलको गितमा इशा घतानीको नृत्य तथा रमा अर्यालले आधुनिक गित गाएर आफ्नो सांगितिक प्रस्तुती पस्केका थिए ।

 हास्यकलाकार समिम मियाको प्रस्तुतीले दर्शकहरुलाई पेट मिचि मिचि हसाएका थिए । बुद्धि परियारले राजु परियारको चरी भए ।।।भन्ने वोलको गित प्रस्तुत गरेका थिए । स्थानीय कलाकारहरुको प्रस्तुतीले समालको माहोललाई संगितमय बनाएको थियो । बेलुन फुटाउने, तातो आलुको खेल, गाग्रो फुटाउने, म्युजिकल कुर्सी प्रतियोगिता जस्ता रमाइलो खेलकुद प्रतियोगिता पनि आयोजना गरिएको थियो । कार्यक्रमलाई संगितमय बनाउन दोहामा रहेका सकृय सांगितक संस्था मितेरी फिल्मस् र प्रवासी सांगितिक परिवारले संस्थाको सहयोग गरेको थियो । 

उक्त सांगितिक कार्यक्रमको संचालन भने सस्थाका सल्लाहकार दिपक खड्काले गरेका थिए । कार्यक्रममा विच संस्थाका सल्लाहाकार दिपक खड्काको संयोजकत्वमा दुवईमा पाकिस्तानी नागरिकको हत्याको अभियोगमा मृत्युदण्डको सजाय पाएका अनिश खालिङ राईका लागी करि १७३३ आर्थिक सहयोग समेत संकलन गरेको सस्थाका महासचिव प्रेम थापाले एनक्युखबरलाई बताए । कार्यक्रममा एनआरएनए एनसिसिका उपाध्यक्ष कुमार कार्की, प्रमुख अतिथी टिबी कार्कीले शुभकामन मन्तव्य दिदै संस्थाको उन्नती र प्रगतिको कामना समेत गरेका थिए । कार्यक्रमको समापन गर्दै सस्थाका कार्यवाहक अध्यक्ष रित कुमार श्रेष्ठले बृहत बनभोज कार्यक्रमलाई सफल पार्न सहयोग गर्नु हुने सम्पुर्ण सहयोगीहरु प्रति उपस्थित सम्पुर्णलाई धन्यवाद प्रकट गर्दै आगमी दिनहरुमा पनि संस्थालाई निरन्तरका साथ अगाडी बढ्ने बताए । कार्यक्रममा करिब ४०० भन्दा बढी तनहु“वासी तथा गैह्र तनहु“वासी प्रवासीको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रम करिब ५ घण्टा सम्मा चलेको सस्थाका सल्लाहाकार दिपक खड्काले एनक्युखबरलाई बताए ।
















Don't Miss
© all rights reserved
made with by netKUTI