Responsive Ad Slot

latest

गाउघरमा अभिभावक नै अशिक्षीत भएपछि

Monday, February 17

/ by Admin BHOLA THAPA
हिरमिनियामा दुई दिने तालिम सुरु दिनेश ठाकुर, नेपालगन्ज ५, फागुन । मानव अधिकार पद्धतिद्वारा मुस्लिम किशोरीहरुलाई सशक्तिकरणद्वारा लैङ्गिक हिंसा नियुनिकरण कार्यक्रम अन्तर्गत गा.वि.स. स्तरिय बाल विवाह र भेदभाव दुई दिने तालिम सोमवार देखि हिरमिनियामा सुरु भएको छ । ग्रामिण समाज उत्थान मंच बाँकेद्वारा आयोजित तथा प्लान नेपाल र जिल्ला मुस्लिम किशोरी क्लब सञ्जाल बाकेको सहकार्यमा २ दिने तालिम सुरुभएको हो । प्रशिक्षकमा ग्रामिण समाज उत्थान मंच बाँकेका अध्यक्ष मुस्तक अलीराई र सतिश पाठकले सहजीकरण गर्नु भएको थियो । बाल विवाह र बहुविवाह विषयमा प्रशिक्षक अलिराईले प्रशिक्षण दिनु भएको थियो । सानो उमेर बाल विवाह गर्नु हुन्न , बालबालिकालाई समान शिक्षा दिनु पर्छ अध्यक्ष राईले बताउनु भयो । राईले मुस्लिम किशोरीहरुले आफ्नो धर्म अनुसार पढन सिकाउनु पर्छ भन्ने मानसिकताका साथ प्रशिक्षण गर्नुभएको थियो । बीच हिरमिनियामा सो तालिममा ४० जना सहभागीरहेको हसन फीरोजले बताउनु गराउनु भयो । तालीममा नेपाल सरकारले सरकारी विद्यालयहरुमा कक्षा १ देखी १० सम्म शुल्क छुट भएता पनि शुल्क लिइ रहेका सहभागीहरुले बताएका छन् । जिल्ला मुस्लिम किशोरी संजाल बाकेकी उपाध्यक्ष फिजा शेषले मुस्लिम समुदायको लागि शिक्षाका लागि विशेष प्रथामिकता दिनु पर्छ । हाम्रो गाउघरमा अभिभावक नै अशिक्षीत भएपछि यस्तो समस्या उत्पन्न भएको हुन सक्ने मुस्लिम अगुवाहरु बताउछन् ।








Don't Miss
© all rights reserved
made with by netKUTI