Responsive Ad Slot

latest

मित्रता उच्च माविले आज आफ्नो ४३ औं बार्षिक उत्सव भव्य रुपले मनाउने

Friday, February 14

/ by Unknown


आँबुखैरेनी, २ फागुन । आँबुखैरेनी गाउँ विकास समिती वडा नं. १, सत्रसयमा रहेको मित्रता उच्च माध्यमिक विद्यालयले आज आफ्नो ४३ औं बार्षिक उत्सव भव्य रुपले मनाउने भएको छ । विविध कार्यक्रमको आयोजना गरेर विद्यालयको ४३ औं बार्षिक उत्सव भव्य रुपले मनाउने भएको हो । बार्षिक उत्सवको अवसरमा विद्यालयको प्राङ्गण विविध खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । खेलकुद प्रतियोगिता अन्तर्गत माघ २६ गते पिटी प्रदर्शन, माघ २७ गते अन्तरसदनात्मक भलिबल प्रतियोगिता, माघ २८ गते अन्तरसदनात्मक फुटबल प्रतियोगिता सम्पन्न भएको छ । त्यस्तै, प्रावि तहका विद्यार्थीहरुको लागि मेच घुमाई, चकलेट दौड, हिसाव दौड  र चम्चा दौड प्रतियोगिता सम्पन्न भएको सहकर्मी नेगम परियारले जनाएका छन् । विविध खेलकुद प्रतियोगिताका बिजेताहरुलाई हिजो पुरस्कार वितरण गरिएको छ । यस्तै हिजो नै कक्षा १ देखि कक्षा १० सम्म अध्ययन गर्ने गरिब, दलित तथा जेहेन्दार छात्राहरुलाई छात्राबृत्ती बितरण गरिएको छ । १ लाख ८२ हजार १ सय रुपैंया बराबरको छात्राबृत्ती बितरण गरिएको विद्यालयले जनाएको छ । यसैगरी, यूएस एस सि नामक अमेरिकी संस्थाले समेत कक्षा ८ मा अध्ययन गर्ने सन्ध्या अधिकारी र कक्षा ९ मा अध्ययन गर्ने रबिना नेपालीलाई ४÷४ हजार रुपैंयाका दरले आर्थिक सहयोग गरेको छ । यसैबीच, आज गाउँबेसी कृषि अनुसंन्धान केन्द्र र मित्रता उच्च माविको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । बार्षिक उत्सव समारोहको आज एक कार्यक्रमबीच माननीय सभासद शंकर भण्डारीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको विद्यालयका प्रिन्सिपल सुरेन्द्र बोगटीले जानकारी दिनुभयो । 

Don't Miss
© all rights reserved
made with by netKUTI