Responsive Ad Slot

latest

भण्डारी मन्त्री बन्ने प्रवल सम्भावना

Tuesday, February 11

/ by Admin BHOLA THAPA
दमौली २७ माघ । काग्रेस केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं १ का  संविधान सभा सदस्य शंकर भण्डारी मन्त्री बन्ने प्रवल सम्भावना बढ्दै गएको छ ।
स्रोतका अनुसार पार्टी भित्र तेस्रो खेमाको नेतृत्व सम्हाल्लेका भण्डारीलाई पार्टी भित्रको सन्तुलन मिलाउनका लागि पनि  मन्त्री बनाउन लागिएको हो । तेस्रो खेमामा १७ जना सभासदहरु रहेका छन् । यो खेमालाई पार्टीका प्रभावशाली नेता खुमबहादुर खड्काको समेत पूर्ण रुपमा  सर्मथन रहेको छ ।
केन्द्रीय सदस्य भण्डारी भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी लिने मनस्थितीमा रहेका छन् ।यदि सो मन्त्रालयको जिम्मेवारी नपाएको खण्डमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिदा समेत उपयुक्त हुने कार्यकर्ताहरुको भनाई रहेको छ ।स्रोत-Setimadi
Don't Miss
© all rights reserved
made with by netKUTI