Responsive Ad Slot

latest

नवनिर्वाचित ४ जना सभासद आज डुम्रेमा सम्मानीत

Tuesday, January 7

/ by Unknown
आँबुखैरेनी, २३ पौष गते । तनहुँ जिल्लाबाट संविधानसभामा सभासद बन्नु भएका कांग्रेसका ४ जना सभासदलाई आज डुम्रेमा सम्मान गरिएको छ । नेपाली कांगेस क्षेत्र नम्बर १ तनहुँले एक कार्यक्रमको आयोजना गरि संविधान सभामा बिजयी भएका क्षेत्र नम्बर १ का प्रत्यक्ष उम्मेदवार शंकर भण्डारी, समानुपातिक तर्फ सभासदमा छनौंट भएका रामचन्द्र पोखेरल, झुल बहादुर आलेमगर र धुब्र वाग्लेलाई सम्मान गरेको हो । नेपाली कांगेसका क्षेत्रीय सभापती लक्ष्मी आर्चायको सभापतित्वमा भएको सम्मान कार्यक्रममा नवनिर्वाचित सभासद शंकर भण्डारीले तनहुँ जिल्लाको समग्र विकासमा बिशेष जोड दिने बताउनुभयो । 

Don't Miss
© all rights reserved
made with by netKUTI