Responsive Ad Slot

latest

प्रवासी तनहुँ दलित समाजको अध्यक्षमा भिम

Monday, December 9

/ by Admin BHOLA THAPA
दोहा (कतार) - 'प्रवासी दलित एक हौँ, समस्त मुलुक समाजको निर्माण गरौँ' भन्ने मुल नाराका साथ कतारमा स्थापना भएको प्रवासी तनहुँ दलित समाज दोहा कतारको प्रथम साधारण सभा सम्पन भएको छ । सभाले
भिम बहादुर विकको अध्यक्षमा १३ नयाँ कार्यसमिती चयन गरेको छ ।

जसमा प्रथम उपाध्यक्ष भरत सुनार, द्धितिय उपाध्यक्ष सुरेश विक, तृतिय उपाध्यक्ष दिल बहादुर परियार, महा सचिव पदम विक, सचिव अर्जुन विक, कोषाध्यक्ष ठग बहादुर विक, सह–कोषाध्यक्ष नवराज विक रहेका छन् भने सदस्यहरुमा भोज वहादुर विक, हुम बहादुर विक, कृष्ण बहादुर विक, अक्कल बहादुर परियार, सर्वसहमत चयन भएका छन् ।

साथै भेलाले उक्त कार्यक्रम विच तिन सल्लाहाकार पनि चयान गरेको छ । जसमा प्रमुख सल्लाहाकार धन बहादुर परियर, सल्लाहाकारहरु हिरा विक र भिम लाल विकलाई चयान भएका हुन् । कतारको औधगिक क्षेत्र सनैया स्थीत जोन्स रेन्टुरेण्टको सभाहलमाभएको उक्त कार्यक्रममा पुर्व अध्यक्ष भिम वहादुर विकको सभापतित्व रहेको थियो भने प्रमुख अतिथमा नेपाली जातिय भेदभाव साझा मन्चका अध्यक्ष भिम सुनार रहेका थिए ।

साथै विषेश अतिथीहरुमा तनहु सेवा समाजका पुर्व अध्यक्ष धन बहादुर परियर, निमलाल कुमार, तनहुँ समाज कतारका कार्यवाहक अध्यक्ष रित कुमार श्रेष्ठ, महा–सचिव श्रीराम मल्ल, सल्लाहाकार हिरा लाल विक, पुर्व उपाध्यक्ष इमान सिह विक, समाज सेवी गणेश परियार, वाल कृष्ण भित्रीकोटी ,कलाकार बल विक्रम थापा, मितेरी फिल्मस् सास्कृतीक समुहका निर्वतमान अध्यक्ष अमित वराइली, समाज सेवी टेक बहादुर विक, मितेरी फिल्मस् सांस्कृतीक समुहका अध्यक्ष सुमन भारती लगायत उपस्थित रहेको थियो ।

कार्यक्रम संचालन मिन बहादुर विकले सचालन गरेका थिए भने सस्थाका पुर्व उपाध्याक्ष ईमान सिहं बिकले स्वागत मन्तव्य राखेका थिए साथै नयाँ कार्यसमितीलाई तनहुँ सेवा समाजका पुर्व अध्यक्ष धन बहादुर परियारले सपथ खुवाएका थिए ।

कार्यक्रममा गणेश परियार, रित कुमर श्रेष्ठ, निमलाल विक, धनबहादुर परियर , हिरा लाल विक , अमित वराईली वाल कृष्ण भित्रीकोटीले नयाँ कार्यसमितीलाई वधाई तथा शुभकामन व्यक्त गरेका थिए । भने कलाकार सुस्मा कार्की र राज देवकोटाले बैशाले बैशा चढो बोलको गितमा नृत्य प्रस्तुत गरि कार्यक्रमको रौनकता बढाएका थिए ।

कार्यक्रमलाई समापन गर्दै निर्वाचित अध्यक्ष भिम बहादुर विकले आगमी दिनमा चेतनामुलुक दलितहरुलाई सकारात्मक ढंगले र शैक्षिक, आर्थीक हिसावमा सम्पन बनाउनको लागी सम्बन्धीत निकायामा दलितको समस्य समाधानको लागी ऐक्यबद्धता भई आफ्नो अधिकारका लागी सचेत रहने र प्रवासबाट दलितहरुको हितका लागी सहयोगमासद्धैब तत्पर रहने प्रतिबद्धत व्यक्त गरेका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI