Responsive Ad Slot

latest

नेपथ्य ब्याण्डले आँबुखैरेनीमा गर्न लागेको सांस्कृतिक कार्यक्रमको तयारी तिब्र

Saturday, December 7

/ by Unknown
राम बहादुर धामी, आँबुखैरेनी, मंसिर २२ गते । नेपथ्य ब्याण्डले यही पौष ५ गते आँबुखैरेनीमा गर्न लागेको सांस्कृतिक कार्यक्रमको तयारी तिब्र पारेको छ ।  नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङ्गको बिशेष प्रस्तुती रहने सांस्कृतिक कार्यक्रमको तयारी तिब्र पारिएको हो ।तनहुँ उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार ईकाई, तनहुँ जिल्ला फुटबल संघ, लियो क्लब अफ आँबुखैरेनी र मेरो साथी एफएम १०७.२ मेगाहर्जले आँबुखैरेनीमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । सांस्कृतिक कार्यक्रमको लागि अहिले सम्म ३० प्रतिशत टिकट बिक्री भएको सांस्कृतिक कार्यक्रमका संयोजक हरिभक्त श्रेष्ठले जानकारी दिनुभयो । शान्तिका लागि शिक्षा भन्ने मूल नाराका साथ नेपथ्य ब्याण्डले देशका मुख्य १० वटा शहरहरुमा सांस्कृतिक कार्यक्रम गर्न लागेको जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI