Responsive Ad Slot

latest

लियोको सरसफाई कार्यक्रम

Thursday, December 5

/ by Unknown


आँबुखैरेनी, २० मंसिर । अन्तराष्ट्रिय लियो दिवस–२०१३ को अवसर पारेर अन्तराष्ट्रिय लियो दिवस हाम्रो पहिचान, डिसेम्बर ५ सरसफाई हाम्रो अभियान भन्ने नाराका साथ तनहूँको आँबुखैरेनी बजारमा लियो क्लब अफ आँबुखैरेनीले नगर सरसफाई कार्यक्रमको आयोजना गरेको छ । आज विहान ८ बजेबाट आँबुखैरेनीको मनकामना चोकबाट सुरु भएको उक्त कार्यक्रम बसपार्क पुगी समापन भएको थियो । सो कार्यक्रममा लियो क्लब अफ आँबुखैरेनीका सदस्यहरु र इ.प्र.का. का प्रहरीहरुको उल्लेख्य सहभागिता भएको जानकारी अध्यक्ष लियो राजु श्रेष्ठले बताउनु भयो । उक्त कार्यक्रममा आँबुखैरेनीका विभिन्न टोल सुधार समितिको पनि सहभागी भएको थियो । हाम्रो यो अभियान आफ्नो घर वरपर आफै सफा राख्नु पर्छ भन्ने उद्देश्यको लागि हो क्लबका उपाध्यक्ष लियो गोविन्द अधिकारीले वताउनु भयो । उक्त कार्यक्रमबाट २ ट्याक्टर फोहोर विसर्जन भएको जानकारी कार्यक्रममा संयोजक लियो मनोज सदाशंकरले जानकारी दिनु भयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI