Responsive Ad Slot

latest

सहकर्मी प्रतिमा खनाललाई बिदाई

Thursday, December 5

/ by Unknown

आँबुखैरेनी, २० मंसिर । मेरो साथी एफएम १०७.२ मेगाहर्ज आँबुखैरेनी तनहुँमा कार्यरत कार्यक्रम प्रस्तोता प्रतिमा खनाललाई बिदाई गरिएको छ । एफएमको कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमकाबीच कार्यक्रम प्रस्तोता प्रतिमा खनाललाई बिदाई गरिएको हो । एफएमका स्टेशन म्यानेजर मनोज कुमार श्रेष्ठको अध्यक्षतामा बिदाई कार्यक्रम भएको एफएमले जनाएको छ । बिगत १ वर्ष देखि एफएममा बिबिध कार्यक्रम संचालन गर्नुभएका कार्यक्रम प्रस्तोता खनालको अध्ययनको शिलशिलामा काठमाण्डौ जानुपर्ने भएकाले कार्यालयबाट बिदाई हुनु परेको सहकर्मी प्रतिमा खनालको भनाई रहेको छ । साथै बिदाई कार्यक्रममा सम्पुर्ण सहकर्मी साथीहरुले सहकर्मी प्रतिमा खनालको उज्जवल भबिष्यको कामना गरेका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI