Responsive Ad Slot

latest

बजाज मोटरसाइकलको अधिक्रेत बिक्रेता दीप ईन्टरप्राईजेजको आज उद्घाटन

Thursday, December 5

/ by Unknown


आँबुखैरेनी, २० मंसिर । बजाज मोटरसाइकलको अधिक्रेत बिक्रेता दीप ईन्टरप्राईजेज आँबुखैरेनीको आज उद्घाटन गरिएको छ । डिजिएम चिरिन्जीबी शाहले बजाज मोटरसाइकलको अधिक्रेत बिक्रेता दीप ईन्टरप्राईजेजको उद्घाटन गर्नुभएको हो । ५० लाखको बैंक डिपोजिटमा आँबुखैरेनी, मुग्लिन, डुम्रे, दश किलो, कुरिनटार, सत्रसय, बरादीका मोटरसाइकल प्रेमीका लागि आँबुखैरेनीमा बजाज मोटरसाइकल शोरुमको स्थापना गरिएको शोरुमका मार्केटिङ्ग म्यानेजर मदन श्रेष्ठले जानकारी दिनुभयो । बजाज मोटरसाइकल शोरुम स्थापनाको पहिलो दिनमा ७ वटा मोटरसाईकल बिक्री भएको शोरुमका प्रोपाईटर अमरदीप श्रेष्ठले जनाएका छन् । अहिले सो शोरुमा बजाज कम्पनीका २० वटा मोटरसाइकल रहेका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI