Responsive Ad Slot

latest

आँबु–२, का विभिन्न स्थानमा लगाईएको सुन्तला उत्पादनमा यो वर्ष ह््रास

Sunday, December 1

/ by Unknown
राम बहादुर धामी, आँबुखैरेनी, १६ मंसिर । आँबुखैरेनी–२, का विभिन्न स्थानमा लगाईएको सुन्तला उत्पादनमा ह््रास आएको छ । बरादी, डुम्रीडाँडा, ढाव, डिही, भंगेरी र गिरानचौर लगायतका स्थानमा लगाईएको सुन्तला उत्पादनमा ह््रास आएको हो । सुन्तलाको बोटमा रोग लागेको कारण सुन्तला उत्पादनमा ह््रास आएको सुन्तला कृषक मिरा गौंलीले बताउनुभयो । सुन्तलाको बोट सुक्ने रोगका कारण त्यहाँका किसानहरु चिन्तित समेत भएका छन् । केही बर्ष अघि ५ लाखको सुन्तला बिक्री भएको र अहिले ५ हजारको पनि सुन्तला बिक्री नभएको सुन्तला कृषक मिरा गौंलीको भनाई रहेको छ । सुन्तला कृषकहरुले सुन्तला खेतीबाट सोचे जस्तो आम्दानी लिन नसक्दा अन्य व्यवसाय सुरु गरेका छन् । तरकारी खेती, गाईपालन जस्ता व्यवसाय सुरु गरेका हुन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI