Responsive Ad Slot

latest

एक वर्षमा संविधान बनाउँदा एक खर्ब ४१ अर्ब

Saturday, November 23

/ by Unknown

ca-house८ मंसिर,काठमाडौं । संविधानसभामार्फत नयाँ संविधान बनाउने प्रक्रियाका लागि मुलुकले ठूलो धनरासी खर्च गर्नुपरेको छ । पहिलो संविधानसभा असफल भएपछि दोस्रो संविधानसभाको निर्वाचन गर्नुपरेकाले यसरी खर्च बढेको हो ।पहिलो संविधान सभाको गठन भएदेखि आगामी एक वर्षसम्ममा संविधानसभाका लागि कूल १ खर्ब ४१ अर्ब ३४ करोड रुपैयाँ खर्च हुनेछ, जुन यो वर्षको कुल गार्हस्थ उत्पादनको साढे ७ प्रतिशत हो । हाल नेपालको जनसंख्या २ करोड ६५ लाख ४६ हजार छ । आगामी एक वर्षसम्ममा संविधानसभाले गर्ने कुल खर्चलाई कूल जनसंख्याले भाग गर्दा नयाँ संविधान निर्माणमा एक नेपालीले ४ हजार ९ सय ८४ रुपैयाँ खर्च हुने देखिन्छ ।
 पहिलो संविधानसभाका लागि एक नेपालीको ३४ सय ३७ रुपैयाँ खर्च भएको छ भने दोस्रो संभिानसभाको आगमी एक वर्षसम्ममा एक नेपालीले १५ सय ४७ रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।पहिलो संविधानसभाका लागि ९१ अर्ब २६ करोड रुपैयाँ खर्च भएको संविधानसभा सचिवालयले जनाएको छ । मंसिर ४ गते सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनका लागि ४० करोड रुपैयाँ खर्च भएको अनुमान गरिएको छ । पहिलो संविधानसभामा सभासद्हरुले गरेको खर्चलाई आधार मान्ने हो भने आगामी एक वर्षमा ६ सय १ जना सभासद्हरुका लागि १ अर्ब ८ करोड रुपैयाँ खर्च हुनेछ । जसअनुसार दोस्रो संविधानसभाका लागि आगामी एक वर्षसम्ममा ४१ अर्ब ३४ करोड रुपैयाँ खर्च हुनेछ ।
Don't Miss
© all rights reserved
made with by netKUTI