Responsive Ad Slot

latest

नेपालद्वारा बर्मुडा २१ रनले पराजित,दोस्रो चरण प्रवेश

Saturday, November 23

/ by Unknown

८ मंसिर, काठमाण्डौ । ट्वान्टी ट्वान्टी विश्व कप क्रिकेटको छनोटमा नेपालले बर्मुडालाई २१ रनले पराजित गरेको छ । जितसंगै नेपाल अघिल्लो चरण प्रवेश गरेको छ । अघिल्लो चरणको शीर्ष चारमा परे नेपाल विश्वकपका लागि छनोट हुने छ । १४९ रनको लक्ष्य पछ्याएको बर्मुडा १९ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै १२७ रनमा समेटिएपछि नेपाल २१ रनले विजयी भएको हो ।यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाउँदै एक सय ४८ रन जोडेको थियो । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र खड्काले २ चौका र ६ छक्काको मदतमा सर्वाधिक ३९ रनको योगदान दिए । खकुरेलले ३५ बलको सामना गरेका ओप्नर ब्याट् सम्यान सुवास खुकुरेलले तीन चौकासहित ३५ रन जोडेका हुन् । यस्तै सागर पुनले दुई चौका र एक छक्का प्रहार गर्दै १९ रन जोड्दा प्रदीप एरीले २२ रनको योगदान दिए ।यसैगरी विनोद भण्डारी १३ रन जोड्दा सरद भेष्वाकर र कप्तान पारस खड्काले समान ७-७ रनको योगदान दिए । यस्तै शक्ति गौचन र बसन्त रेग्मीले १-१ रनका योगदान दिए । अहिले बर्मुडाले जवाफी व्याटिङ गरिरहेको  छ । ताजा अवस्थामा बर्मुडाले  चार  ओभरको समाप्तिमा चार विकेट गुमाउँदै १६  रन जोडेको छ  ।
Don't Miss
© all rights reserved
made with by netKUTI