Responsive Ad Slot

latest

तलवार दम्पतीलाई जन्मकैद

Tuesday, November 26

/ by Admin BHOLA THAPA
काठमाडौं/ भारतको उत्तरप्रदेशको आरुषि–हेमराज हत्याकाण्डमा आरुषिको बाबु-आमालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । सीबीआई को विशेष अदालतले सोमबार आरुषिका बाबुआमालाई हिजो दोषी ठहर गरेको थियो ।

 अदालतले आफ्नै छोरीको हत्या गरेर बाबु राजेश र आमा नुपूर तलवारले प्रमाणसमेत नष्ट गरेको आरोपसहित मुद्दा दायर गरेको थियो । रहस्यमय हत्या काण्डमा नेपाली नागरिक अर्घखाँचीका हेमराज बञ्जाडे र आरुषिको सन् २००८ मे मा हत्या भएको थियो । प्रहरीले आरुषिको हत्यामा उनकै बाबुआमालाई शंका गरेपनि बाबु रजेश तलवारले शर्मालाई आरोप लगाएका थिए । उनले बञ्जाडेले आफ्नो छोरीको हत्या गरेर भागेको दावी गरेपनि बञ्जाडेको शव घरको छतमा भेटिएको थियो । 

पछि प्रहरीले तलबारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । घटना गम्भीर भएपछि उत्तरप्रदेशकी तत्कालिन मुख्यमन्त्री मायावतीले यो मुद्दा हेर्ने जिम्मा सीबीआईलाई दिन लगाएकी थिइन । आरुषि–हेमराज हत्या काण्ड भारतीय इतिहासमा बढी रहस्यमय हत्याकाण्ड मानिन्छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI