Responsive Ad Slot

latest

एनसेल कपको खेल तालिका सार्वजनिक (तालिकासहित)

Thursday, November 28

/ by Unknown
काठमाडौ, मंसिर १३ – मंसिर १७ गते काठमाडौमा सुरु हुने एनसेल कप फुटबलको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब भिड्ने भएका छन् ।अखिल नेपाल फुटवल संघ एन्फाले बिहीबार सार्वजनिक गरेको खेलतालिका अनुसार मंसिर १७ गते दशररथ रंगशालमा जाउलाखेल र आर्मीबीच खेल हुने भएको हो ।प्रतियोगिता सार्नुपर्ने माग गरेको रानीपोखरी कर्नर टिम आरसीटी यो प्रतियोगितामा सहभागी नहुने पक्का भएपछि एन्फाले खेल तालिका सार्वजनिक गरेको हो । आरसीटीको सहभागिताको सम्भावनाका कारण एन्फाले खेल तालिका केही ढिलो सार्वजनिक गरेको थियो ।लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा १२ टिम सहभागी छन् । विजेतालाई १५ लाख पुरस्कार राखिएको प्रतियोगिताको फाइनल पुस २ गते हुनेछ ।

Don't Miss
© all rights reserved
made with by netKUTI