Responsive Ad Slot

latest

काठमाडौंमा मादल घन्कियो, धरानमा गोली पड्कियो (फोटो फिचर)

Friday, November 1

/ by Admin BHOLA THAPA
कञ्चनपुरदेखि बिराटनगरसम्म चुनावको रौनक
काठमाडौं । दोस्रो संविधानसभाको तिथि नजिकिँदै जाँदा देशैभरि चुनावी रौनक तातिन थालेको छ । राजधानीलगायत देशका धेरै भूभागमा भोट माग्ने र घर दैलो गर्ने कार्यमा नेता कार्यकर्ताहरु सक्रिय बनेका छन् भने कतिपय ठाउँमा आगजनी, धरपकड र बन्द हड्तालसमेत भएका छन् ।
chunab-11
कांग्रेस सभापति सुशील कोइराला बाँकेमा भोट माग्दै 
राजधानी बाहिरै आफ्नो निर्वाचन क्षेत्रमा चुनाव प्रचारमा खटिनुभएका नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले विहीबार गाडीमाथि सजिएर भोट माग्नुभयो । कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले चुनाव प्रचारका क्रममा घोडाको सहाराले नदी तरेको रोचक तस्वीर पत्रकार भोजराज भाटले फेसबुकमार्फत सार्वजनिक गर्नुभएको छ ।
उता, प्युठानमा एमाओवादीका उम्मेद्वार नवराज सुवेदीको गाडीमाथि वैद्य समुहका कार्यकर्ताले आगजनी गरे । आगजनी सँगै माओवादीका दुई पक्षवीच झडपसमेत भयो ।
धरानमा एमालेका कार्यकर्ताले संघीय समाजवादीका कार्याकर्तामाथि गोली हानेको भन्दै प्रहरीले एमाले कार्यकर्ताको गाडी नियन्त्रणमा लिएको छ भने संघीय समाजवादीका कार्यकर्ताले दिउँसो धरानमा यातायात बन्द गराए ।
chunab-6
कांग्रेस नेता देउवा डडेल्धुरामा खोलो तर्दै 
chunab-oli
झापाको तोपगाछीमा वृद्धवृद्धालाई गच्छा वितरण गर्दै केपी ओली
chunab-10
धरानमा गोलीकाण्डपछि प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन
राजधानीमा एमाओवादीका उम्मेद्वार नन्दकिशोर पुन, एमाले समर्थित युवा संघका उम्मेद्वार महेश बस्नेत र कञ्चनपुर १ मा एमाओवादी उम्मेद्वार विना मगर माला र अवीरका साथ घरदैलो कार्यक्रममा सक्रिय देखिए । एमालेका योगेश भट्टराई पनि घरदैलोमा भेटिए भने एमाले महासचिव ईश्वर पोख्रेलको चुनाव प्रचारमा खटिएका कार्यकर्ताहरु मादल र बाँसुरी बजाउँदै सडकमा फेला परे ।
उता मोरङको बिराटनगरमा चुनावी सुरक्षा स्थितिको अवलोकन गरे । संविधान सभाको चुनाव हुन १९ दिनमात्र वाकी रहँदा मोरङ जिल्लास्थित सुरक्षाप्रमुख सहितको टोलीले क्षेत्र नम्बर ५ र ६ अन्तर्गत पर्ने मतदानस्थलको स्थलगत अध्ययन गरी सुरक्षा अवस्थाका वारेमा स्थानीयको राय संकलन गर्‍यो । जल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारीको अगुवाइमा गएको टोलीले जिल्लाको दक्षिणी क्षेत्र विराटनगर १६ हुँदै भारतसँग सीमाना जोडिएको वुधनगर-१ फडानीचौक, त्यसैगरी कटहरी गाविसका केही भागमा गएर स्थानीयहरुसंग सुरक्षा स्थितिबारे जानकारी लिएको थियो । सुरक्षा प्रमुखको टोली एकाएक आफ्नो गाउँमा देख्दा स्थानीयहरु अचम्मित बनेका थिए । टोलीमा मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की, जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको सहभागिता थियो ।
chunab-9
प्यूठानमा एमाओवादी नेता नवराज सुवेदीको जलेको गाडी
chunab-1
एमाले नेता योगेश भट्टराई
chunab-3
एमाले महासचिव इश्वर पोखरेलका कार्यकर्ता मादल बजाउँदै
chunab-12
बिराटनगरमा अनुगमनमा सक्रिय सुरक्षा अधिकारी
chunab-4
धरानमा संघीय समाजवादीले गरेको चक्का जाम
chunab-7
कञ्चनपुर १ मा भोट माग्दै एमाओवादी उम्मेद्वार विना मगर
chunab-8
एमाले भक्तपुरका उम्मेद्वार महेश बस्नेत
chunab-2
गिलासमा भोट माग्दै जनमोर्चा नेता चित्रबहादुर केसी
chunab-5
एमाओवादी उम्मेद्वार पासाङ
- See more at: http://www.onlinekhabar.com/2013/10/132793/#sthash.ZafTaCN2.dpuf
Don't Miss
© all rights reserved
made with by netKUTI