सोम गुरुङ ,नेपालगन्ज/विवादको समाधान समूदायमा नै खोजौ मेलमिलाप नै उत्तम उपायको रुपमा रोजौ भन्ने मूल नाराको साथ सामुदायिक मेलमिलापकर्ता समाज नेपाल, बााकेले आज तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सामुदायिक मेलमिलापकर्ता समाज नेपालका कोषाध्यक्ष माया गौतमले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो । मेलमिलापकर्ता समाजका बारेमा शिवकुमार बर्माले जानकारी गराउनु भएको थियो । बााके जिल्लामा दक्ष तालीम प्राप्त सीप र ज्ञान भएका ब्यक्तिहरुले सहजीकरण गरेको खण्डमा विवाद समाधानमा असल सन्देश प्रभाव हुन्छ भन्ने सोच र धारणाका साथ मेलमिलाप कार्यलाई दिगो र संस्थागत बनाउन, मेलमिलापको हकहितको संरक्षण गर्न स्थानीय रुपमा र समूदाय विच परेका विवादहरु संस्थागतरुपमा समन्वय गरी मेलमिलाप गर्न विभिन्न गाविस र नगर पालिकामा छरिएर रहेका मेलमिलापकर्ताहरुको समन्वयकारी भूमिका निवार्ह गर्न र संस्थागत रुपमा मेलमिलाप सेवा सन्चालन गर्न २०६८ सालमा गठन भएको जानकारी बर्माले जानकारी गराउनु भयो ।
सो साधारण सभाका प्रमुख अतिथि बााके जिल्ला अदालतका माननीय न्यायधिश हरिप्रसाद केसीले मेलमिलाप सेवाले अदालतको कार्यमा सहजता बनाएको र दुबै पक्षको जीत जीत हुने प्रक्रियाले मेलमिलाप सेवाले समुदायमा लोकप्रियता कमाएको साथै आर्थिक अवस्था कमजोर भएकाहरुको लागि मेलमिलाप सेवाले न्यायमा सहज पहुाच बनाएको बताउनु भयो । सो साधारण सभामा सेर्लड नेपालगन्जका क्षेत्रीय संयोजक बाशुदेव ज्ञवालीले मेलमिलाप सेवा बााके जिल्लाका ११ गाविस १ नगरपालिकामा सन्चालन भएको जानकारी गराउनु भयो । सन् २००४ देखि सन् २०१३ सम्ममा विवाद दर्ता ३१२९, समाधान २१४६ र असहमति ९८ विवाद रहेको जानकारी गराउनु भयो । सो साधारण सभामा नेपालगन्ज नगरपालिकाका प्रमुख लोक बहादुर सुनार, जिल्ला विकास समितिका कार्यक्रम अधिकृत शरद कुमार पौडेल लगायतले सल्लाह तथा शुभकामना ब्यक्त गर्नु भएको थियो भने सो साधारण सभा सामुदायिक मेलमिलापकर्ता समाज नेपाल, बााकेका भुमिसरा धितालको सभापतित्वमा सम्पन्न भएको थियो ।