Responsive Ad Slot

latest

एमाले तनहु“मा चुनावी घम्साघम्सी

Tuesday, September 3

/ by Admin BHOLA THAPA

प्रत्यक्ष तर्फा उमेदवार छानिए
जिल्ला अध्यक्षले ४५मा १५ मत प्राप्त प्रराजित
दमौली, / आसन्न संविधानसभा निर्वाचनका लागि नेकपा -एमाले) तनहुँले जिल्लाका तीनवटै क्षेत्रबाट प्रत्यक्षतर्फा उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । 
तनहुँको क्षेत्र नं. १ मा उमेदावर छनौटका लागि भएको मतदानमा रामबहादुर गुरुङ्गले ४३ मत प्राप्त गरी अग्रस्थानमा छनोट भएका छन् भने विद्या ढकालले ३४ मत प्राप्त गरेका छन्, राम बहादुर अधिकारीले १४ मत प्राप्त गरेका छन् । क्षेत्र नं. १ को प्रत्यक्ष तर्फमहिला उमेदवारमा भगवती न्यौपाने र्सवसम्मत छनोट भएकी छन् । क्षेत्र नं. १ मा ४८ जना मतदाताले उमेदवार छनोटका लागि मतदान गरेका थिए ।
त्यस्तै क्षेत्र नं. २ मा प्रत्यक्ष तर्फभएको मतदानबाट कृष्ण कुमार श्रेष्ठ 'किसान'ले ३५ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन् भने पिएल श्रेष्ठले ३४ मत प्राप्त गरेका छन्, गञ्जसिंह गुरुङ्गले २० मत प्राप्त गरेका छन् भने प्रत्यक्ष महिला तर्फसेती माया विक र्सवसम्मत भएकी छन् । क्षेत्र नं. २ मा ५२ जना मतदाता भएकोमा ४५ जनाले उमेदावर छनौटका लागि मतदान गरेका थिए । 
यसैगरी एमाले तनहुँको क्षेत्र नं. ३ मा प्रत्यक्ष तर्फो उमेदवारका लागि ४५ जना मतादाताले गरेको मतदानबाट प्रा.डा. चन्द्र बहादुर थापाले २७ मत प्राप्त गरी अग्रपंक्तिमा रहेका छन् भने टुकराज सिग्देलले २५ मत, चित्र थापाले २३ मत र केदार सिग्देलले १५ मत प्राप्त गरेका छन् भने महिला तर्फशान्ति खनाल निर्विरोध भएको हाम्रा समाचारदाता सुजन कुमार श्रेष्ठले जानकारी गराएका छन् । 
त्यस्तै, समानुपातिक तर्फा उमेदवारहरु भने जिल्ला कमिटीले छनोट गर्ने बताइएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI