हात्तीवाङको श्रीराष्ट्रिय माविवाट यसै बर्ष प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी सर्मिलालाई रत्ननगर–१३ जयमंगलामा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा एक कार्यक्रमको आयोजना गरी पन्तले आवासीय सुविधा सहित सिएमए पढन लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेका हुन । (आज) आइतवार घोषणा गरिएको भएपनि पन्तले सर्मिलालाई नेपाल पोलिटेक्निक इष्टिच्युटमा भर्ना गरी पढाउन सुरु गरिसक्नु भएको छ ।
कार्यक्रममा विक्रमबबा हाउजिङ प्रालिका अध्यक्ष पन्तले सर्मिलाको पढाईको लागि लाव्ने मध्य पहिलो किस्ता ५० हजार रुपैयाको चेक नेपाल पोलिटेक्निक इष्टिच्युटलाई हस्तान्तरण गर्नुभएको थियो । घोषणा कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौडाका क्षेत्रीय प्रसासाक रञ्जन लाकोल,सह–प्रसासक हरिराज पन्त, प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा, जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा,जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख हरिकृष्ण पौडेल,हंस बहुउद्धेश्यीय सरकारी संस्था लि का अध्यक्ष दिनेशकुमार चुके, नारायणी जग्गा तथा आवास व्यवसायी संघ चितवनका अध्यक्ष बाबुराम अधिकारी, सिमासुरक्षा बल सशस्त्र प्रहरी उपरीक्षक गणेश बहादुर थापा, डिएसपी नकुल पोखरेल लगायतको उपस्थिति रहेको थियो ।