Responsive Ad Slot

latest

गोखकाली रबर उद्योगका कर्मचारीहरुले २ महिना काम गरेर वर्षभरिको तलब खाने गरेको खुलासा

Sunday, August 11

/ by Unknown
 

गोरखा, २७ श्रावण – नेपालको एकमात्र रवर उद्योग गोरखकाली रबर उद्योगका कर्मचारीले ५८ दिन मात्र काम गरेर वर्षभरिको तलव खाने गरेका छन् ।टायर उत्पादनका लागि आवश्यक कच्चा पदार्थको अभावले सधैंभरी उद्योग नचल्दा कर्मचारीहरु फुर्सदिला बनेका हुन् । अघिल्लो आर्थिक वर्ष २०६८/०६९ मा ६७ दिन सञ्चालन भएको उद्योग आर्थिक वर्ष २०६९/०७० मा ५८ दिन मात्र सञ्चालन भएको थियो ।अहिले उद्योगमा ३ सय ११ जना कर्मचारी तथा मजदुर छन् । उनीहरुको तलवमा मात्र मासिक ५८ लाख रुपैयाँ खर्च हुने गरेको उद्योगका मजदुर नेता ईश्वर परियारले जानकारी दिनुभयो ।सञ्चालन भएदेखि नै ऋणमा रहेको उद्योगलाई नेपाल सरकारले अहिलेसम्म पटक पटक गरी करिब १ अर्ब रुपैयाँ ऋण उपलब्ध गराइसकेको छ ।गत आर्थिक वर्षको असोजमा १० दिन, कात्तिकमा ४ दिन, पुसमा ५ दिन, माघमा ७ दिन, फागुनमा ४ दिन, बैशाखमा ११ दिन, जेठमा ८ दिन र असारमा ९ दिन चलेको उद्योगबाट बाँकी ४ महिना चाहिँ उत्पादन ठप्प भएको उद्योग प्रशासनले जानकारी दिएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI