बन्दिपुर, असार २६ , काठमाण्डौ बन्दिपुर सामाजिक विकास समितिको अधिबेशनमा आज ३ बजे देखि मतदान सुरु भएको छ । बिहिबार उमेद्वारी दर्ता, शुक्रबार दाबि विरोध र आज मतदान प्रकृया भएको हो ।
पुरानो घर बन्दिपुर भई हाल राजधानी बसोबास गर्ने बन्दिपुरेहरुको संस्था काठमाण्डौ बन्दिपुर सामाजिक विकास समितिको अध्यक्ष पदका लागि बलराम प्रधान र सुधा श्रेष्ठ पियाको प्यानल प्रतिष्पर्धामा उत्रिएको छ ।अध्यक्ष र सदस्य पदमा निर्वाचन हुने र अन्य पदाधिकारी पछि चयन गरिने प्रावधान रहेको आशुतोष प्रधानले जानकारी दिनुभयो ।अध्यक्ष र ९ सदस्य सहितको २ प्यानल र ३ जना स्वतन्त्र रुपमा सदस्य पदका लागि भिडेका छन् ।१ हजार ९० सदस्य मतदाता रहेको सो संस्थाको अधिबेशनमा १ हजारको हाराहारीमा मत खस्ने अनुमान गरिएको छ ।