Responsive Ad Slot

latest

तरकारी खेतीतर्फ तनहुँका युवा

Tuesday, August 13

/ by Admin BHOLA THAPA
तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाका युवा त्यसतर्फ आकर्षित भएका छन्। बर्सेनि तरकारीखेतीबाट गाउँका युवाले लाखौँ आम्दानी गर्न सफल बनेपछि युवा तरकारी खेतीप्रति आकर्षित भएका हुन्।

पाल्पा जिल्लाको फेकका भीम ज्ञवालीले मासिक रु १५ हजार तरकारीबाट आम्दानी गर्दै आउनुभएको छ। मकैखेतीबाट तीन महिना खाना नपुग्ने बारीमा अहिले तरकारीखेतीबाट वार्षिकरुपमा लाखौँ आम्दानी गर्न सफल भएका हुन्। ज्ञवालीलगायत गाउँका एक दर्जनभन्दा बढी युवा अहिले तरकारीखेतीप्रति आकर्षित भएका हुन्।

तरकारीबाट राम्रो आम्दानी हुने भएपछि बौघापोखराथोक गाविस–२, रिब्दीका युवाले विदेशबाट फर्केर नै तरकारीखेतीतर्फ केन्द्रित भएका छन्। उनीहरू अहिले व्यावसायिकरुपमा तरकारीखेती गर्न थालेका छन् । तरकारीखेती गर्नका लागि जिल्ला कृषि विकास कार्यालय पाल्पाको आधुनिक प्राविधिको सहयोगका कारण २० जना युवाले व्यावसायिक तरकारीखेती रोजेका हुन्।

पराम्परागत तरिकाबाट तरकारीखेती गर्दै आएका यहाँका युवाले अहिले आधुनिक प्रविधिमार्फत तरकारीखेतीबाट लाखौँ आम्दानी भएपछि गाउँका युवा सामूहिकरुपमा यस खेतीतर्फ लागेका हुन् । तरकारीखेती गर्नका लागि प्राविधिक तालिममा जिल्ला कृषि विकास कार्यालयले सहयोग गरेपछि यहाँ व्यावसायिक खेती भएको बौघापोखराथोक गाविस–२, रिब्दीका देवीबहादुर रानाले बताउनुभयो । उहाँले भन्नुभयो, ? तरकारीबाट मासिक रु १५ हजार आम्दानी भएको छ।

विदेशबाट फर्केर यहाँका अधिकांश युवाले तरकारीखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका हुन्। पाल्पाको मदनपोखरा, मुझुङ, फेक, पालुङमैनादी, सोमादी अर्गली, पोखराथोक, कसेनी, दोभानलगायत गाविसमा युवा तरकारीखेतीबाट लाखौँ आम्दानी गर्न सफल बनेका हुन् । यसले युवालाई स्वदेशमै आम्दानी गर्ने वातावरण सिर्जना गरेको छ।

गाउँमा तरकारीखेती गर्दै आएपछि तानसेनबाट तरकारी किनेर ल्याउनुपर्ने बाध्यता हटेको छ भने किसानको आर्थिक स्थितिमा सुधार आएको छ । उनीहरुले घरबाट निस्केको फोहोरलाई समेत मल बनाएर तरकारीखेतीमा प्रयोग गर्दै आएका छन् । गाईभैँसीको पिसाब सङ्कलन गरी कीटनाशक औषधिका रूपमा प्रयोग गर्दै आएका छन्।
Don't Miss
© all rights reserved
made with by netKUTI