Responsive Ad Slot

latest

आज नागपञ्चमी , बरादीमा निर्माण गरिएको नागदेवीको मुर्तिमा पुजा गर्ने भक्तजनहरुको भिड

Sunday, August 11

/ by Unknown
आँबुखैरेनी, साउन २७ । आज नागपञ्चमी , देशभर हिन्दुपरम्परा अनुसार घरका मुलढोकामा नागको चित्र टाँसी पुजाआजासहीत नागपञ्चमी पर्व मनाईएको छ। वराहपुराणमा उल्लेखभएअनुसार नागराजसँग ब्रह्माको संवाद पञ्चमी तिथीमा भएकाले श्रावण शुक्ल पञ्चमी अर्थात् आजको दिन नागपुजाको लागी प्रसिद्व रहेको छ । यसदिन नागका अष्टकुल अर्थात् अनन्त , बा सुकी , पद्यम , महापद्य , तक्षक , कुलीर , कर्कट र शंख नागको चित्रमा दुध , दही , अक्षता , फुल , दुवोले पुजा गरी दुध र लावको नैवेद्य चढाई घरको मुलढोकामाथी टाँस्नाले त्यस्तो घरमा चट्याङ पर्दैन र आगो र सर्पको पनि डर हुदैन भन्ने धार्मीक मान्यता रहेको छ । ब्रह्मवैवर्तपुराणको कथनअनुसार भगवान श्रीकृष्णको पदचिह्नलाई कालीय नागले आफ्नो शिरमा धारण गर्ने सौभाग्य पाएकाले उसका सन्तान – दरसन्तानलाई मार्नुहुदैन भन्ने विश्वास पनि रहेको पाइन्छ । आजको दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम प्रारम्भ भएको मानीन्छ । यसैबीच,  आँबुखैरेनीकी एक महिलाले सपनामा नाग सर्प देखेको भन्दै नागदेवीको मुर्ति स्थापना गर्नुभएको छ । स्थानीय श्रीमाया खनालले एक वर्ष अगाडी सपनामा नाग सर्प देखेको र भगवानले सपनामा नागदेवीको मुर्ति स्थापना आग्रह गरेको भन्दै आँबुखैरेनी–२, बरादी स्थित अकला पेट्रोल पम्प नजिकै नाग देवीको मुर्तिको स्थापना गर्नुभएको हो । मुस्ती खोलाको किनारमा नाग सर्पको बास भएको भन्दै खोला नजिकै रहेको मुल छेउमा नाग देवीको मुर्ति स्थापना गरिएको खनालले मेरो साथी एफ.एम.लाई जानकारी दिनुभएको छ । आफ्नै प्रयासमा नाग देवीको मुर्ति निर्माण गरिएको समेत जानकारी दिनुभएको छ । यसैबीच,  आज परेको नाग पञ्चमीको अवसरमा सो स्थानमा पुजा गर्ने भक्तजनहरुको भिड लागेको छ । पण्डित चिरन्जीवी बर्तौलाले पुजा गर्नुभएको मुर्तिमा दर्शन गर्ने भक्तजनहरुको भिड लागेको हो । 
Don't Miss
© all rights reserved
made with by netKUTI