Responsive Ad Slot

latest

कतारमा पार्वती राईको फरिय छोटो भए पछि .....(फोटो फिचर /भिडीयो सहित)

Tuesday, August 13

/ by Admin BHOLA THAPA
भोला थापा क्षेत्री /दोहा, (कतार) नेपाली प्रवासी युवा सेवा समाज दोहा कतार र सम्सारा थकाली भान्छा घरले संयुक्त रुपमा आयोजना गरेको इद धमाका–२०१३ भव्याताका साथ सम्पन भएको छ । धमाकामा नेपालबाट कलाकारहरु, चर्चित गायक राजेशपायल राई, लोकदोहोरी गायक पशुपति शर्मा गायिका टिका पुन , सुरिलो स्वरकी धनि गायिका रजीना रीमाल, प्रतिभाशाली नृत्याङगना रोमा न्यौपाने, कुशल नृत्याङगना पार्वती राई, , मेरी वास्सैका लोकप्रिय हास्य कलाकारद्धार केदार घिमिरे (माग्ने बुढा) र सुरज चापागाई (बान्द्रे) ईद धमाका २०१३ का लागी कतारमा आएका थिए।

सवारी दुर्घटनामा परि वाल्यकालमै आफ्ना वाँयाँ खुट्टा गुमाएकी नृत्याङगना रोमा न्यौपानेले दाँयाँ खुट्टाले मात्र नृत्य गरेर कतारमा रहेका नेपाली समुदायलाई आफ्नो अद्धितीय र साहसिक प्रतिभा प्रस्तुत गरिन । कलाकार रोमा न्योपानेको प्रस्तुतीलाई दर्शकहरुले प्रसंशा गरेका थिए । रोमाकै पहलमा अपागंहरुको हक र हितका लागि कोष पनि खडा गरिएको र त्यसैको कोषको लागि राहत स्वरुप केहि रकम पनि जम्मा भएको थियो । रोमाको कामलाई सलाम छ अनि दयां हैन अबसरको खाचो छ र हामी पनि सपांगले जस्तै देश निर्माणमा काधमा काध मिलाउन सक्छौ भन्ने भावना सहित प्रस्तुत भएकि थिइन्
मोडल तथा बहुचर्चित नृत्यांगना पार्वती राई सायद विरलै होलान् यो नाम नसुन्ने अनि उनको रुप अनि नृत्यको प्रसंसा गर्ने पनि । उनको नृत्यले साचैनै जिब्रो टोकाउन र जवानी सल्बलाउन सफलहुन्छ । यहा पनि त्यस्तै फरिया छोटो भएको गुनासो त कहिले उद्रेको चोलिको गुनासोहित स्टेजनै जलाएर कतार बासीनेपालीलाई पानी पानी बनाएर भरपुर मनोरञ्जन दिन सफल भएकी थिइन्
राजेशपायल राई नेपाली सांगितिक आकाशका एक आशा लाग्दा आधुनिक गायन क्षेत्रका गायक जसले दर्शक अनि स्टेजको रौनक बढाउन सक्छ । उसका कर्णप्रिय आवाज संगसगै निस्ठूरीलाई मायां गरी आफैलाई जोगि बनाए गित गुन्जिदा आफै पनि कन्यै भएको र धोखा खानेलाईनै मायां प्रेमको मुल्य थाहाहुने भन्दै थिए । उनकै मुखार विन्दबाट विभिन्न आफ्नै तथा अरुमुलुकका भाषामा गितहरु गाइसकेका गायक राई सधै चर्चाको शिखरमा छन् चाहे त्यो विहेको कुराहोस् या गितसंगित कै कुरा । विच विचमा गितको साथसाथै चुट्किला माया प्रेमका काहानी अनि आफ्नै मितज्यू महानायक राजेशहमालको चर्चा गदै प्रस्तुत भएका गायक दोस्रो सोमा अझै बडि जोसिला भएका थिए उनको यो सातौा शो थियो कतारमा ।

साचैनै उनको स्वरमा जादु छ जन्मजातनै गित संगित सिकेर आएकि जस्तै लाग्ने अहिले पछिल्लो समयका बहुचर्चित गायिका रोजिना रिमाल उनको सुमधुर स्वर जति सुन्यो त्यति सुन्नमनलाग्छ नै त्यस्तै भेटियो स्टेजमा पनि गित नसकिए हुन्थ्यो जस्तो सबै मन्त्रमुग्ध भएका थिए । पानीको थोपा जस्तै, नाई नभन्नु है ल जस्ता अत्यन्त बहु चर्चित लोकपुय कर्ण प्रिय गितहरु गाएकि थिइन् ।


लोक संगितको क्षेत्रमा छुटै पहिचान बनाउन सफल लोक गायक तथा संकलक (रचनाकार) अनि संगितकार पशुपती शर्मा । आफ्ना छुटै विशेष शब्द लयले उनलाई पनि विशेष ठाउमा पुयाएको छ र स्टेजमा पनि झल्किए यि हसिला गायक ठट्यौली पाराले गायिका द्धय देविका केसी गुरुङ –बाजि ठोकौ आउ कान्छा त्यस्तै अहिलेको चर्चित गित दोहरी नसुन्ने नेपालीनै हैन र टिका पुन –तिम्ले गर्दा यतिको भन्न जानियो – आई लभ यु डार्लीङ भन्न जानियो जस्ता गित संगितले माहोललाई एकपल्ट तताएको थियो ।

नेपालमा कमेडियन चर्चित हास्याा कलाकार केदार घिमीरे (माग्ने बुढा) र सुरज चापागाई (बान्द्रे)ले दर्शकलाई नहसाएका होईनन् नेपालको राजनितीर कतारको मजदुरहरुको पिडालाई समेटेर यि दुई चर्चित हास्याा कलाकारले कतारका नेपाली दर्शकहरुलाई सेन्देश मुलक प्रस्तुती देखाएर पेट मिची मिची हसाउन बाध्या बनाएका थिए । उक्त ईद धमाका २०१३ को कार्यक्रम संचालक व्यावसायी निराजन भण्डारीले गरेका थिए भने आयोजकले दर्शकहरुको निकै भिड लागेको  र सहजपुर्ण सगं कार्यक्रम समापन भएको मा खुसी व्यक्त गरेका थिए ।


 
 



Don't Miss
© all rights reserved
made with by netKUTI