नयाँदिल्ली
(बीबीसी), श्रावण २६ - उत्तरी भारतको हरियाणाका एक किसानले एउटै भैंसी
बेचेर २५ लाख भारतीय रुपैयाँ -४० लाख रुपैयाँ) कमाएका छन् । कपुर सिंह नामक
ती किसानले यतिधेरै मूल्यमा भैंसी बेचेर रेर्कड बनाएका छन् ।
उनले मुर्रा
जातको भैंसीको नाम लक्ष्मी हो ।मुर्रा जातको भैंसीले बढी दूध दिने
भएकाले यसको माग पनि बढी नै हुने गर्छ । यी भैंसी बढी दूध दिने भएकाले
प्रतिष्ठित छन् र किसान यसप्रति लोभिन्छन् । यति मात्रै होइन, उक्त भैंसी
पाल्न पाउनुलाई किसानहरू गौरव ठान्छन् । यो जातको सामान्य भैंसी बिक्री
गरेर पनि कार किन्न सकिन्छ ।हिसार जिल्लामा बस्ने सिंहले दुई वर्षअघि
उक्त भैंसीलाई ४ लाख रुपैयाँमा किनेका थिए । उनका अनुसार दैनिक २८ लिटर दूध
दिने भैंसी दूध उत्पादनबाट धेरै सम्मान पनि पाएको छ । यसले गर्दा उनले
आफूले किनेको भन्दा १० गुणा बढी मूल्यमा बेच्न सफल भएको सिंह बताउँछन् ।अघिल्लो वर्ष ३ लाखभन्दा बढी रकम प्रस्ताव आउँदा पनि सिंहले उक्त भैंसी
बेचेका थिएनन् । किन्न आउनेलाई भैंसी अत्यधिक मन परेको र उनले लक्ष्मीमाथि
भिडियो नै बनाएर प्रदर्शन गराउने उद्देश्य राखेका थिए । 'मैले मानिनँ,'
सिंहले भने, 'अहिलेको मूल्यबाट म निकै खुसी छु । यो पैसा छोरीको बिहेका
लागि खर्चिन्छु ।'लक्ष्मीलाई किनेका राजीव सरपञ्चले 'बेस्ट क्याटल'
प्रतियोगितामा सहभागी गराउने तयारी गरिसकेको हिन्दुस्तान टाइम्सलाई बताएका
छन् । आगामी जनवरीमा हुने उक्त प्रतियोगिता जित्नेलाई एक किलो सुन उपहार छ ।