राम बहादुर धामी, आँबुखैरेनी, २८ श्रावण । इलाका प्रहरी कार्यालय आँबुखैरेनीले आज आँबुखैरेनीको शान्ति सुरक्षाका बिषयमा छलफल कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक गोपीमान श्रेष्ठको प्रमुख आथित्यता तथा इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरक्षक श्यामबाबु ओलियाको अध्यक्षतामा आँबुखैरेनीको शान्ति सुरक्षाका बिषयमा छलफल कार्यक्रम सम्पन्न भएको हो । आँबुखैरेनीको सामाजिक विभिन्न बिकृती, समस्या लगायतका बिषयमा स्थानीयबासी, बुद्धिजीवी, शिक्षा प्रेमी, समाजसेवीसँग छलफल कार्यक्रम गरेको प्रहरी निरक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभएको छ । कार्यक्रममा सहभागिहरुले आँबुखैरेनीमा लागुऔषध प्रयोगकर्ता दिनप्रतिदिन बढ्दै गएको बताएका छन् । त्यस्तै, उनीहरुले लागुपदार्थ प्रयोगकर्ताहरुलाई प्रहरी प्रशासनले प्रक्राउ गरेता पनि यसलाई निमुल पार्न नसकेको बताएका हुन् । लागुपदार्थ प्रयोगकर्ताहरुलाई नियन्त्रणमा लिएर छाड्ने गरेको कारण लागुपदार्थ प्रयोगकर्ताहरुले प्रसय पाएको बताएका छन् । यसैगरी,प्रहरी प्रशासनले लागुपदार्थ बेचबिखन कार्यलाई नियन्त्रण गर्न विभिन्न कार्यक्रम संचालन गरेको जानकारी दिएका छन् । आँबुखैरेनीमा लागुपदार्थ बेचबिखन कार्यलाई नियन्त्रण गर्न स्थानीयबासीले प्रहरी प्रशासनलाई सक्दो सहयोग गर्न आग्रह गरेका छन् । आँबुखैरेनी विभिन्न स्थानमा कहि, कतै कसैले लागुपदार्थ बिक्री, बितरण तथा सेवा गरेको थाहा पाएमा प्रहरीलाई खबर गर्न समेत आग्रह गरेका छन । यस्तै, तनहुँ उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार ईकाईका सभापति सुनिल मल्लले २२ हजार मूल्य बराबरको डिभाईडर आज एक कार्यक्रमकाबीच जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक गोपीमान श्रेष्ठ र इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक श्यामबाबु ओलियालाई हस्तान्तरण गर्नुभएको छ ।