विनोद श्रेष्ठ, चितवन श्रावण २३, पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन नजिकै रहेको चितवन र तनहु जोड्ने एक मात्र मोटरेवल पुलको पुर्ननिर्माण कार्य धमाधम भइरहेको छ । दिनहु जसो सवारी साधनहरु चिप्लिएर दुर्घटना हुने र कयौ यात्रुहरु घाइते हुने जोखिमलाई न्यूनिकरण गर्न पुलको पुर्ननिर्माण कार्य थालिएको हो । नयाँ प्रविधि अनुसार पुर्ननिर्माण गरिने भएपछि देश कै नमुना पुल बन्ने प्रविधिहरुको भनाई रहेको छ ।एक वर्ष अघि देखि थालिएको पुलको पुर्ननिर्माण कार्य तीहार अगावै सकाउने प्राविधिहरुको योजना रहेको छ । अहिले पुलमा उप्किएका पाताहरुमा ड्रिल गरी नट बल्टु थप गर्ने र भाचिएका पत्ताहरु परिवर्तन गर्न कार्य भइरहेको छ । यसपछि पुलमाथि विच्छाइएको स्टिल प्लेटमाथि ५ से.मि बाक्लो पिच गरिने प्राविधिकले जानकारी दिए । पुलको स्टिल प्लेट माथि पिच गर्नाले सवारीसाधनहरुले बे्रक लगाउदा भनेको ठाउमा नलागेर चिप्लने जस्ता समस्याहरु नहुने र वटुवाहरु निर्धक्क भएर हिड्न सक्ने एक जना कामदारले जानकारी दिनुभयो । तर यसरी स्टिल प्लेटमाथि कालोपत्रे गर्दा यसको आयु कति सम्म हुन्न भन्ने यकिन गर्न चाहि नसकिने उनले जानकारी दिए ।पुल निर्माणका लागि भौतिक योजना तथा निर्माण मन्त्रालय अन्तर्गत बबरमहलको सडक विभाग व्रिज युनिटले जिम्मा लिएको छ । यसका लागि गौरी पार्वती राधा जेभी कम्पनीले ठेक्कामा लिएर पुलको पुर्ननिर्माणको काम गरिरहेको छ ।पोखरा लगायतको पश्चिम क्षेत्र जाने महत्वपुर्ण रुपमा रहेको यो पुलबाट दैनिक ३ हजार सम्म सवारी ओहोर दोहोर गर्ने गर्दछन् । यो एक प्रकारको झोलुङ्गे पुल हो । यस प्रकारको पुल नेपालमा ३ ठाउमा रहेको छ । अन्य ठाउको भन्दा यो पुलमा बढी मात्रामा सवारी साधनहरु ओहोर दोहोर गर्ने भएकोले यसको पुर्ननिर्माण गर्नुपरेको हा । २०२८ साल देखि सञ्चालनमा आएको यो पुलको आयु ४० वर्ष अझै रहेको प्राविधिकहरु बताउछन् । पुर्ननिर्माण पछि पुल धेरै वर्ष सम्म चल्ने र देश कै नमुना पुल हुने प्राविध्किहरु बताउछन ।