राम बहादुर धामी, आँबुखैरेनी, १९ श्रावण । आँबुखैरेनी गाउँ विकास समितीले आर्थिक वर्ष ०६९/०७० को बार्षिक समीक्षा गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । गाविसको कार्यालयमा बिहीबार बार्षिक समीक्षा गोष्ठी कार्यक्रम सम्पन्न गरेको हो ।
गाविस सचिव बुद्धि प्रसाद भुषालकोे अध्यक्षतामा गोष्ठी कार्यक्रम सम्पन्न भएको गाविसले जानकारी दिएको छ । कार्यक्रममा गाविसका सचिव भुषालले आर्थिक वर्ष ०६९/०७० को आय व्याव सार्वजनिक गर्नुभएको थियो । गाविसका लेखापाल ज्ञानेन्द्र श्रेष्ठ, गाविसका ईन्जिनीयर बिशाल थापामगर, केशर बहादुर केसी, हस्त बहादुर थापा, ईन्द्र बहादु मास्की, उपेन्द्र देवकोटा, शालिकाराम अधिकारी, खिद कुमार श्रेष्ठ, सिता बानिया, पूर्ण बहादुर थापा, ऋषि केसी तथा ९ वटै वडाका वडा नागरिक मञ्चका प्रतिनीधीहरुको उपस्थितीमा आर्थिक वर्ष ०६९/०७० को आय व्याव सार्वजनिक गरिएको गाविसले बताएको छ । समिक्षा गोष्ठीमा सहभागिहरुले खानेपानीको क्षेत्रमा गाविसले सोचे जस्तो काम गर्न नसकेको बताएका छन् । त्यस्तै, उनीहरुले खानेपानी संस्थाहरुको स्थलगत अवलोकन तथा मूल्याङ्कन गर्न माग समेत गरेका छन् ।
यसैबीच, प्राविधीक पहुँचको कमीका कारण गाविसले सोचे अनुसारको काम गर्न नसकेको स्वीकारको छ । आर्थिक वर्ष ०७०/०७१ मा प्राविधीकहरुको पहुच बढाई कार्यहरु संचालन गर्ने गाविसले जानकारी दिएको छ । त्यसैगरी, सहभागिहरुले दीर्घकालीन र अल्पकालिन योजनाहरु बनाएर कार्यक्रम संचालन गर्न आग्रह गरेका छन् । त्यस्तै, टिप्पणीहरुको बलियो आधार बनाएर गाविसमा योजनाहरुको टिप्पणी गर्न गाविस सचिव भुषालले सुझाव दिएका छन् ।