तिलविक्रम थेव , दोहा/ एनआरएन एनसिसि कतारको २०१३ २०१५ कार्यकालको लागि नेपाली महिला समाजका कोषाध्यक्ष सङगीता लामाले युवा संयोजकका लागि उमेदवारी घोषणा गरेकी छिन् ।
२००८ देखि कतारमा कार्यरत लामा विभिन्न संस्थामा आवद्ध रही समाज सेवामा सक्रिय रुपमा काम गरिरहेका र महिलाहरुको सशक्तिकरण, जनचेतना र जागरुकताका लागि एनआरएनएमा प्रतिनिधित्व गर्न लागेका बताउँदै लामाले सक्रिय रुपमा कतारमा कार्यरत नेपाली महिलाहरुको वृहत्तर हकहितका लागि काम गर्ने बताए ।
उमेदवार सङगीता लामा तामाङ् सेवा समाज, चितवन सेवा समाज, मितेरी फिल्म कला केन्द्र लगायतका संघसस्थामा आवद्ध रही संस्थामा सक्रिय योगदान पुरयाउँदै आएका छिन् ।
आफू स्वयम कलाकार समेत भएकोले प्रवासमा नेपाली कला र संस्कृतिको प्रवद्र्धन र समुन्नत विकासका लागि पनि आफु लागिपरेको बताउने लामाले एनआरएनएमा नेपाली कला र संस्कृतिको प्रवद्र्धन, सम्वर्धन, बहुभाषिय, बहुसंस्कृतिको सम्मान, नेपाली महिला कामदारहरुको उत्तरोत्तर प्रगतिको लागि गर्न सक्ने योगदान तथा आपतविपतमा परेका नेपाली महिला कामदारहरुको सहयोग उद्धार लगायत दिदीबहिनीहरुका लागि जनचेतना, सामाजिक, सामुदायिक सचेतनाका कार्यक्रमहरु अघि सार्न एनआरएनए एनसीसीलाई सक्रिय बनाउन लागिपर्ने बताइन् ।