पाँचदिन देखि राजधानीमा सञ्चालन भएको "जोखिमममा सुरक्षित पत्रकारिता" विषयक तालिम आइतबार सम्पन्न भएको छ । अन्तराष्ट्रिय पत्रकार महासंघ र नेपाल पत्रकार महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको तालिम आइतबार सम्पन्न भयो । श्रीलङ्कन पत्रकार एवम् मानवअधिकारकर्मी Sunanda Deshapriyaले पाँचदिनसम्म लगातार "जोखिममा सुरक्षित पत्रकारिता"का विषयमा तालिम दिए । तालिममा पत्रकार उज्ज्वल आचार्यले Sunandaलाई साथ दिएका थिए । आचार्यले इन्टरनेटमा कसरी सुरक्षित रहन सकिन्छ भन्ने कुराको जानकारी उपस्थित पत्रकारलाई गराए । बुधबार नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले उद्घाटन गरेको तालिमको समापन नेपाल पत्रकार महासंघकी उपाध्यक्ष यशोधा तिम्सिनाले आइतबार गरिन । तालिममा सहभागी पत्रकारलाई प्रमाण-पत्र दिएर कार्यक्रमको समापन भयो । समापन कार्यक्रममा प्रमुख प्रशिक्षक Sunandaलाई उपाध्यक्ष तिम्सिनाले दोसल्ला ओढाएर सम्मान गरिन । फोटो र भिडियो : लुइटेल दिनेश ।