राम बहादुर धामी, आँबुखैरेनी, ०९ गते साउन । तनहुँको आँबुखैरेनीमा एक महिने कुकिङ्ग–बेकिङ्ग सम्बन्धि तालिम आजबाट सुरु भएको छ । आज बिहान साढे ११ बजे एक समारोहबीच एक महिने कुकिङ्ग–बेकिङ्ग सम्बन्धि तालिमको उद्घाटन गरिएको छ । सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक महिने कुकिङ्ग–बेकिङ्ग सम्बन्धि तालिमको आयोजना गरेको हो ।
डिभिजन सहकारी कार्यालय तनहुँका प्रमुख गौतम मिश्रले तालिमको उद्घाटन गर्नुभएको छ । सहकारीका अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षतमा भएको तालिम उद्घाटन समारोहमा डिभिजन सहकारी कार्यालय तनहुँका प्रमुख गौतम मिश्र, आँबुखैरेनी गाउँ विकास समितीका गाविस सचिव बुद्धि प्रसाद भुषाल, नेपाली कांग्रेस आँबुखैरेनीका सभापति गिर बहादुर थापा, एकिकृत नेकपा माओवादी आँबुखैरेनीका सचिव ईन्द्र बहादुर परियार, सहकारीका शेयर सदस्यहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । समाजमा स्वरोजगार स्थापना गर्ने उद्देश्यले तालिम संचालन गरिएको सहकारीका अध्यक्ष बसन्त श्रेष्ठले जानकारी दिनुभयो ।