भानु सुनुवार दोहा(कतार) गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको महासचिवपदका लागि विगत दुई दशक देखि नेपाली भाषा साहित्यमा साधना गरीरहनुभएका रेगिस्तानीकवि तीर्थ संगम राईले आफ्नो उम्मेदवारी दिएको खुलासा गर्नु भएको छ ।
यति बेला कतारको उकालो लाग्दो गर्मीसँगै पाँचलाख नेपालीहरुको बीचमा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको चुनावी रौनक र चहपल पनि बढ्दो छ । एनआरएनए एनसीसी कतारको पार्षद सदस्यता नविकरण तथा नयाँ सदस्यता लिने नेपालीहरुको भीड हिजो कतारको जैद्धा पार्कमा बाक्लो देखिएको थियो । खाडीको बंैशालु गर्मीको पर्वाह नगरी एनआरएनए एनसीसी कतारको चुनावी माहोल तताउन उल्लेखनिय संख्यामा जैद्धा पार्क वरिपरी नेपालीहरु विभिन्न झुण्डमा छलफल गर्न जुटिरहेका थिए ।
गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको चुनावी गर्मीलाई साथ दिँदै आफ्नो पार्षद सदस्यता नविकरण गराउन जैद्धा पुगेका रेगिस्तानीकवि तीर्थ संगम राईले एनआरएनए एनसीसी कतारको आगामी दुई बर्षे कार्यकालका लागि महासचिव पदमा आफ्नो उम्मेदवारी दिएको जानकारी गराउनु भएको हो । अनेसास कतार च्याप्टरका वर्तमान उपाध्यक्ष तथा नवोदित साहित्यिक मोवाईल पुस्तकालयमा महासचिव तथा अध्यक्ष पदमा रहेर सफल कार्यकाल पुरा गरिसक्नु भएका रेगिस्तानीकवि राई नवोदित मोवाईल पुस्तकालय, कतारको हालै सकिएको तेश्रो अधिवेशनबाट सदस्य पदमा रहि नेपाली भाषा साहित्यको उत्थानका लागि खटिरहनु भएको छ । रेगिस्तानीकवि राईको यो उम्मेदवारी नेपाली भाषा साहित्य र एनआरएनए एनसीसी बिच सुमधुर सम्वन्ध स्थापित गराउनकै लागि बिशेष रहेको जानकारी दिनु भयो ।
राईको प्रतिद्धन्दीको रुपमा एनआरएन एनसिसिका वर्तमान सचिव बिनोद भट्टराईले पनि महासचिव पदको लागि आफ्नो उम्मेदवारी धोषणा गनुभएको छ ।
एनआरएनए एनसीसी कतारको आगामी अगस्ट २३ मा हुने चुनावका लागि पार्षद सदस्यताको फारम भर्ने र नविकरण गर्ने म्याद हिजो अन्तिमदिन तोकिएता पनि एनआरएनए एनसीसी कतारको हिजो बसेको बैठकले सो म्याद एक हप्ताका लागि थपेर आगामी जुलाई २६ तारिखका दिन बेलकी ११ सम्म खुल्ला गरेको छ ।