भोला थापा क्षेत्री,दोहा (कतार) । गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति कतारको अध्यक्ष पदका लागि पूर्वसंस्थापक सचिव करिम बक्स मियाँ र रामहरि गैह्रेले उम्मेदवारी घोषणा गर्नु भएको छ । तनहुँ सेवा समाजले विहिवार दोहाको टपफ्रम रेन्टुरेण्टको सभाहलमा गरेको विशेष अन्तरक्रिया कार्यक्रममा मियाँ र गैह्रेले उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । कार्यक्रममा पूर्वसंस्थापक सचिव करिम बक्स मियाँले तनहुँ समाजलाई स्थापनाकालदेखि नै आफ्नो सहयोग र सद्भाव उच्च राखेकोले हाल आफूले एनआरएन कतारको अध्यक्ष पदका लागि उम्मेदवार घोषणा गरेको बताउनुभयो ।
कार्यक्रममा एनआरएन एनसिसीका लागि तनहुँवाट पाँचजनाले उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष मनिराज थापाको सभापत्विमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष भीमलाल थापाको विशेष उपस्थिति थियो । कतारमा विगत १४ वर्षदेखि कार्यरत मियाँ दुलेगौडा–८ तनहुँका हुनुहुन्छ भने जनसम्पर्क समिति कतारका महामन्त्री हुनुहुन्छ ।
यसैगरी अर्का उम्मेदवार रामहरि गैह्रेले स्थापनकालदेखि नै तनहुँ समाजलाई निस्वार्थ ढंगले अगाडि बढाउदै आइएको बताउनुभयो । १२ वर्षदेखि कतारमा कार्यरत गैह्रेले निर्वाचनका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारीको घोषणा गर्नुभएको छ । गैह्रे कतारमा लोकतान्त्रिक मंचका अध्यक्ष हुनुहुन्छ ।
यसैगरी तनहुँ समाजका सल्लाहाकार दीपक खड्काले एनआरएन ए कतारको पाँचौँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो । उहाँले यो पदमा दुई वर्षदेखिको अनुभव रहेकाले आफुले हाल एनआरएन ए एनसिसि कतारको सचिवमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जित्नु मात्र ठूलो होइन आफ्नो स्वार्थका लागि नाम कमाउन म सचिवमा उम्मेदवरी दिएको होइन, कतारमा रहेका चार लाखभन्दा बढी नेपालीको हक हितका लागि हो र म कुनै पार्टी र राजनीतिको पक्षा बाट उठेको छैन स्वातन्त्ररुपमा मैले आफ्नो उम्मेदवारीको घोषणा गरेको हुँ । कतारमा विभिन्न सामाजिक संघसंस्थामा आबद्ध खड्का तनहुँ डुम्रेका बासिन्दा हुनुहुन्छ ।
यसैगरी समाजसेवी तथा तनहुँ सेवासमाजका सहयोगी प्रताप ढुंगानाले कोषाध्यक्षमा उम्मेदवारीको घोषणा गर्नुभयो । विभिन्न संघसंस्थामा संलग्न ढुंगान विगत नौ वर्षदेखि कतारमा कार्यरत हुनुहुन्छ ।रुपाकोट–१ तनहुँका ढुंगाना अहिले भने चितवनमा बसोबास गर्दै आउनुभएको छ । यसै गरि तनहुँ सेवासमाजका सल्लाहाकार नवराज विकले एनआरएन युवा संयोजक मा आफ्नो उम्मेदवारी घोषण गरेको बताएका छन् ।
विकले उक्त कार्यक्रम विच आफ्नो उम्मेवादरी घोषण पत्र पढेर सुनाउदै सम्पुर्ण तनहुँ समाज तथा गैह्र तनहु समाजलाई आफुलाई भोट दिनाका लागी अनुरोध सम्मा गर्दै आफुलाई तनहुँबाट ५/५ जनाको उम्मवेदवारी आएकोमा खुसी पनि दुखी पनि भएको छु तनहुँबाट नै २/२ जनाको उम्मेदवारी आएको छ तापईको एकता भएर आउहोस हामी तनहुँ समाजलाई पनि सजिलो विकले बताउनु भयो । विक दुलेगौडा ८ तनहुँ निवासी हुन् ।
कार्यक्रममा समाजले उपस्थीत तनहुँ समाजका पदाधिकारीहरु सगँ तनहुँबाट ५/५ जनाको उम्मवेदवारीको वारेको सस्थाले के कस्तो गर्दा राम्रो होला भन्ने आफ्नो भनाई राख्न आग्रह समेत गरेको थियो ।संस्थापक अध्यक्ष भिम बहादुर थापा, सल्लाहाकार श्रीराम पौडेल, तोयनाथ पौडेल , सचिव कृष्ण पाण्डे, लागयतले जामुने सेवा समाजका अध्यक्ष , तनहुँ मुस्लीम समाजका अध्यक्ष महामत रफिक, अर्सद अलि , मन्जुर अहमद, नवोदित साहित्यक वाचन लयका अध्यक्ष युग योगी राईले आ आफ्नो तर्क राखेका थिए ।
कार्यक्रमको अन्तयमा तनहुँ सेवा समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति मनिराज थापाले पाचै जनालाई तनहुँ समाजले सहयोग बरावरी गर्ने छ भन्ने आशा जनाउँदै उम्मवेदवारी सफल होस भन्ने शुभकामन व्यक्त गरेका थिए ।
कार्यक्रम संस्थाका महासचिव मुनाफ मियाँले संचालन गरेका थिए ।