Responsive Ad Slot

latest

४ बुद्धे सहमतिपछि संर्घष समितीको आन्दोलन स्थगित,, आँबुखैरेनी, धुवाकोट, देउराली र मनकामना गाविस लोडसेडिङ्ग मुक्त क्षेत्र घोषणा

Saturday, June 8

/ by Unknown


राम बहादुर धामी, तनहुँ (आँबुखैरेनी) जेठ २५ गते । चार बुद्धे सहमति पछि आँबुखैरेनीका स्थानीयबासीन्दाले संर्घष समिती गठन गरेर थालेको आन्दोलन स्थगित गरेको छ । विगत ४ दिन देखि आँबुखैरेनीको नमूना खत्री टोल, शान्ति टोल र प्रगती टोलमा विद्युत आपूर्ति बन्द भएको भन्दै स्थानीयले संर्घष समिती गठन गरेर थालेको आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको हो । नेपाल विद्युत प्राधिकरण र मस्र्याङ्गदी जलविद्युत प्रभावित क्षेत्रका बासिन्दाहरुबीच भएको वार्तामा ४ बुद्धे सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरेको संर्घष समितीका संयोजक राजेश अधिकारीले जानकारी दिनुभएको छ । 


 नेपाल विद्युत प्राधिकरण दमौलीका प्रमुख सुरेश कुमार महतो, संर्घष समितीका संयोजक राजेश अधिकारी, संर्घष समितीका सदस्यहरु, स्थानीयबासी, बुद्धिजीवी, विभिन्न ४ गाविसका प्रतिनीधी, जिल्ला प्रहरी कार्यालय तनहँुका डिएसपी टिका बहादुर केसी, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक श्यामबाबु ओलिया, नेपाल बिद्युत प्राधिकरण आबुखैरेनी शाखा कार्यालयका प्रमुख बलराम श्रेष्ठ, मस्र्याङ्गदी जलविद्युत महाशाखाका प्रमुख चन्द्रशेखर चौधरीबीच भएको छलफलमा ४ बुद्धे सहमति छ । गाविस भवनमा भएको छलफलमा तनहुँको आँबखैरेनी र गोरखाको देउराली, धुवाकोट र मनाकामना गाविसलाई लोडसेडिङ्ग मुक्त गर्ने, नमूना खत्री टोलमा रहेको ५० केभी क्षमताको ट्रान्सफर्मर १ महिना भित्र १०० सय केभीको ट्रान्सफर्मर जडान गर्ने, नियमित रुपमा विद्युत सुचारु गर्ने र विद्युत प्रभावित गाविसहरुमा नियमित रुपमा विद्युत आपूर्तिको लागि नेपाल विद्युत प्राधिकरणले १ थान जगेडा ट्रान्सफर्मर राख्ने सहमति भएको हो । यस अघि संर्घष समितीले आन्दोलनका कार्यक्रम अन्तर्गत बिहीबार नेपाल विद्युत प्राधिकरण र सब स्टेशनमा तालाबन्दी गरेका थिए । त्यस्तै उनीहरुले बिहीबार र शुक्रबार पृथ्वीराजमार्ग अवरुद्ध समेत पारेका थिए ।


Don't Miss
© all rights reserved
made with by netKUTI