चितवन, २ असार । चितवनको कुरिनटार स्थित त्रिशुलीमा नदीमा डुबेर वेपत्ता पा“च जनाको अवस्था अझै अज्ञात रहेको छ । दाह्रेचोक गाउ विकास समिती वडा नं. ३ कुरिनटार स्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा मनिÈा रेग्मी, रजनी रेग्मी, लिजा रेग्मी, अस्मिता रेग्मी र जनक रावत बेपत्ता भएका प्रहरीले जनाएको छ । उनीहरु १८ देखि २० वर्È उमेरका रहेका छन् । वेपत्ता ५ जनाको आज पनि बिहानै देखि खोजी कार्य जारी रहेको मुग्निल प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा वेपताहरुको खोजी कार्य भैरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक लोकबहादुर गुरुङले जानकारी दिनुभएको छ ।