Responsive Ad Slot

latest

आँबुखैरेनी गाविसमा सबै भन्दा बढी क्षयरोगी

Thursday, June 6

/ by Unknown


राम बहादुर धामी । तनहुँ (आँबुखैरेनी) जेठ २३ गते । आँबुखैरेनी गाउँ विकास समितीमा सबै भन्दा बढी क्षयरोगी रहेको तंथ्याङ्क सार्वजनिक गरिएको छ । चितवन मेडिकल कलेज एमबिबीएस प्रथम वर्षमा अध्ययन गर्ने गु्रप “एम” का विद्यार्थीले आँबुखैरेनीको विभिन्न ९ वटै वडाहरुमा गरेको सर्बेक्षणबाट पत्ता लागेका रोगहरुमध्ये क्षयरोगीका बिरामीहरु बढी देखा परेको तंथ्याङ्क सार्वजनिक गरेको हो । सर्वेक्षणबाट पत्ता लागेका रोगहरुमध्ये आँबुखैरेनी गाविसमा ६१ प्रतिशत क्षयरोगि रहेको जनाएको छ । त्यस्तै, ३६ प्रतिशत कुष्ठरोगी र ६७ प्रतिशत यौन रोगीहरु रहेको सर्वेक्षणले देखाएको छ । आँबुखैरेनी गाँउ विकास समितीको सभाहलमा ग्रुप “एम” का लिडर सुरज भण्डारी नेतृत्व रहेको टोलीले आँबुखैरेनी गाविसको ९ वटा वडाहरुमा गएर १५ दिनको अवधिमा सो प्रतिबेदन तयार पारेको ग्रुप “एम” का विद्यार्थी सरद दाहालले जानकारी दिनुभएको छ । जनसमुदायमा जनचेतनाको कमिका कारण क्षयरोग, कुष्ठरोग, एचआईभी एड्स, स्त्री रोग जस्ता रोगिहरुको संख्या बढ्दै गएको विद्यार्थीहरुले निष्र्कष निकालेको छ । कार्यक्रममा सहभागिहरुले सरकारी संस्थाहरुमा डाक्टरहरुको अभावका कारण बिभिन्न किसीमका रोगहरु बढ्दै गएको बताएका छन् । त्यस्तै उनीहरुले स्वास्थ्य संस्थाहरुमा आवश्यक समाग्रीहरुको कमिले आँबुखैरेनीका बिरामीहरु टाढा टाढा जानुपर्ने बाध्यता रहेको बताएका हुन् । 


कार्यक्रममा एकिकृत नेकपा माओवादी आँबुखैरेनी गाँउ पार्टीका अध्यक्ष प्रेम बहादुर तमु, आँबुर्खैरेनी एमाले पाटीका अध्यक्ष कृष्ण बहादुर विक, आँबुखैरेनी क्याम्पसका क्याम्पस प्रमुख ऋषि केसी, उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार ईकाई अध्यक्ष सुनिल मल्ल, राष्ट्रिय जनमुक्ती पार्टी मगरात राज्य परिषदका केन्द्रिय अध्यक्ष ईन्द्र बहादुर मास्की, आँबुखैरेनी गाविसका लेखापाल ज्ञानेन्द्र देवकोटा, आँबुखैरेनी उपस्वास्थ्य चौकीका ईन्चार्ज सिता बानिया, नेपाली कांग्रेस आँबुखैरेनीका उपसभापति शालिकराम अधिकारी, उपेन्द्र देवकोटा, केशर बहादुर केसी लगायतको उपस्थिती रहेको थियो । 


Don't Miss
© all rights reserved
made with by netKUTI