Responsive Ad Slot

latest

दमौली अस्पतालमा ज्वरो र टाइफाइडका बिरामी बढे

Wednesday, June 5

/ by Admin BHOLA THAPA
तनहुँ, २२ जेठ । जिल्ला अस्पताल दमौलीमा ज्वरो र टाइफाइडका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तनसँगै टाइफाइड र भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको अस्पतालले जनाएको छ ।

अस्पतालका डा बुद्धिसागर लामिछानेले अहिले अस्पतालमा दैनिक १५० भन्दा बढी बिरामी आउने गरेका र तीमध्ये ४० प्रतिशतभन्दा बढी बिरामी ज्वरो र टाइफाइडका रहेको बताउनुभयो । यसअघि सो अस्पतालमा दैनिक १०० को हाराहारीमा बिरामी आउने गरेका थिए । ज्वरो र टाइफाइडका मुख्य कारण असुद्ध पानीको प्रयोगले हुने हुँदा पानीलाई शुद्धिकरण गरी पिउने र बासी सडेगलेको खानेकुरा खान नहुने डा लामिछानेले बताउनुभयोे ।
जिल्ला अस्पतालमा दमौलीलगायत आसपासका गाविसहरु काहुँशिपुर, जामुने, घाँसिकुवा, केशवटार र पोखरी भञ्याङका विरामी आउने गरेका छन् । रासस
Don't Miss
© all rights reserved
made with by netKUTI