राम बहादुर धामी, आँबुखैरेनी, २६ जेठ । चितवन मेडिकल कलेज एमबिबीस प्रथर्म वर्षमा अध्ययन गर्ने विद्यार्थीहरुले तनहुँको आँबुखैरेनीमा शनिबार समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कलेजका प्रोफेसनर डा. मुनी राज क्षेत्रीको प्रमुख आथित्यता तथा विद्यार्थी श्रीराम पौडेल र सुरज भण्डारीको संचालनमा सो कार्यक्रम सम्पन्न भएको हो । १० जना विद्यार्थीहरुको टोलीले आँबुखैरेनी गाउँ विकास समितीको विभिन्न ९ वटै वडाहरु गएर १० दिनको अवधिमा स्वास्थ्य सम्बन्धि तंथ्याङ्क संकलन गरेर ती तंथ्याङ्गहरुको समिक्षा गरेको हो । मित्रता उच्च माध्यमिक विद्यालय सत्रसयमा विद्यार्थीहरुले गरेको समिक्षा कार्यक्रममा शिक्षक, विद्यार्थी, स्थानीयबासी लगायतको उपस्थिती रहेको थियो । त्यस्तै, एमबिबीस प्रथम वर्षमा अध्ययन गर्ने विद्यार्थीहरुले उक्त विद्यालय रहेका शिक्षकहरुको लागि विभिन्न रोगहरुका बिषयमा समेत प्रशिक्षण प्रदान गरेको छ । उच्च रक्तचाप रोगका बिषयमा श्रीराम पौडेल, चिनी रोगका बिषयमा सुरज भण्डारी र पानी शुद्धीकरणका बिषयमा सरद दाहालले प्रशिक्षण दिनुभएको बिद्यार्थी श्रीराम पौडेलले जानकारी दिनुभएको छ ।
एमबिबीस प्रथर्म वर्षमा अध्ययन गर्ने विद्यार्थीहरुको समिक्षा कार्यक्रम सम्पन्न

तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com