Responsive Ad Slot

latest

मेरो साथी एफएमको दोस्र्रो अधिबेशन आज, उत्कृष्ट १० जना बिज्ञापनदातालाई सम्मान गर्ने

Sunday, June 2

/ by Unknown


राम बहादुर धामी, तनहुँ (आबुखैरेनी) २० जेठ । मेरोसाथी संचारद्वारा संचालित मेरो साथी एफ.एम. १०७.२ मेगाहर्जको दोस्र्रो अधिबेशन आज हुने भएको छ । अधिवेशनको एक कार्यक्रमकाबीच आज बिहान ११ बजे सामुदायिक सुचना नेटवर्कका कार्यबाहक अध्यक्ष लोक प्रसाद बन्जराले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ । उद्योग बाणिज्य संघ आ“बुखैरेनीको सभा हलमा हुने अधिबेशनको लागि सम्पूर्ण तयारी पूरा भएको रेडियोले जनाएको छ । सो अधिवेशनले नया“ कार्य समिती समेत चयन गर्ने रेडियोका स्टेशन म्यानेजर मनोज कुमार श्रेष्ठले जानकारी दिनुभएको छ । यसैबीच, सो अवसरमा रेडियोले उत्कृष्ट १० जना बिज्ञापन दातालाई सम्मान समेत गर्ने बताएको छ । 

Don't Miss
© all rights reserved
made with by netKUTI