राम बहादुर धामी, तनहु (आबुखैरेनी) २० जेठ । सामुदायिक रेडियो प्रसांरक संघ(अकोराब)का कार्यबाहक अध्यक्ष लोक प्रसाद बन्जराले रेडियोमा काम गर्ने पत्रकारहरुलाई पत्रकार ऐन अन्तर्गत न्युनतम पारिश्रमिक दिनुपर्ने पर्ने बताउनुभएको छ । मेरो साथी संचारद्वारा संचालित मेरो साथी एफ.एम. १०७.२ मेगाहर्ज आ“बुखैरेनी तनहु“को दोस्र्रो अधिबेशनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै संघका कार्यबाहक अध्यक्ष बन्जराले सो कुरा बताउनुभएको हो । उहा“ले देशमा रहेका विभिन्न सामुदायिक रेडियोहरुले रेडियोमा काम गर्ने पत्रकारहरुका लागि पत्रकार ऐन अन्तर्गत न्युनतम पारिश्रमिक नदिएको बताउनुभयो । सामुदायको विकासका लागि शिक्षा, स्वास्थ्य तथा कृषि कार्यक्रम मार्फत रेडियो कार्यक्रमहरु संचालन गर्नुपर्ने अध्यक्ष बन्जराले जोड दिनुभएको छ । रेडियोले बिशेष गरेर सामुदायलाई लक्षित गरेर कार्यक्रम संचालन गर्नुपर्ने समेत बताउनुभएको छ । उहा“ले सामुदायिक रेडियोहरु एक आपसमा मिलेर जानुपर्ने बताउनुभएको छ । उद्योग बाणिज्य संघ आ“बुखैरेनीको सभा हलमा भएको अधिबेशनले आगामी २ बर्षको लागि नया“ कार्य समिती समेत चयन गरेको छ । साथै, सो अवसरमा रेडियोले उत्कृष्ट १० जना बिज्ञापन दातालाई सम्मान समेत गरेको छ । सिर्जन मोबाईल सेन्टरका प्रोपाईटर श्याम बिलास लामिछाने, फेमस हरि टेलर्सका प्रोपाईटर हरिबहादुर परियार, शुभ लक्ष्मी स्र्टोसका प्रोपाईटर दिल मान श्रेष्ठ, गोरखकाली फार्मेसी तथा पोलिक्लिनीकका बिनय बानिया, मस्र्याङ्गदी स्र्टोसका प्रोपाईटर कृष्ण गान्दाङ्ग, मनकामना दर्शन प्रा.लि., गण्डकी सुनचादी ज्यासलका प्रोपाईटर मोहनलाल घिमिरे, बुढीकोटी दाना–चल्ला बिक्री केन्द्रका प्रोपाईटर राजेन्द्र ठकुरी, ईश्वर बहादुर भाडा पसलका प्रोपाईटर राजाराम केसी र सुरज ब्याग हाउसा प्रोपाईटर गोबिन्द देवकोटालाई सम्मान गरिएको रेडियोका स्टेशन म्यानेजर मनोज कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।