राम बहादुर धामी, गोरखा, जेठ १६। ईभरग्रिन युवा क्लब धुवाकोट गोरखाको आयोजनामा बुधबारबाट खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । गणतन्त्र दिवसको अवसरमा क्लबले बुधबारबाट खुल्ला फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।
क्लबका अध्यक्ष सन्तोष थापाको अध्यक्षता तथा स्थानीय समाजसेवी लिला गुरुङ्गको प्रमुख आथित्यतामा फुटबल प्रतियोगिताको उद्घाटन गरिएको क्लबले बताएको छ । पिपलटारी खेलकुद मैदानमा जारी प्रतियोगितामा १३ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष सन्तोष थापाले जानकारी दिनुभएको छ । प्रतियोगिता अन्तर्गत बुधबारको उद्घाटन खेलमा डाईमण्ड स्टार क्लब सेरा ए ले ईभर ग्रिन युवा क्लब बी लाई ४–२ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै दोस्रो खेलमा दश किलो फुटबल क्लबले डाईमण्ड स्टार क्लब सेरा बीलाई ४–१ गोल अन्तरले हराएको छ । प्रतियोगिता अन्तर्गत तेस्रो खेलमो र सामराई घट्टबेसीले घडेरी खोला युवा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको सहकर्मी प्रदिप पाण्डे रोदनले जनाएका छन् । त्यसैगरी आज बिहान ७ बजे नव गाउ“ बिर्दी र जोईन स्टार युवा क्लबबीच खेल हुने भएको छ । अन्य खेल भने दिउसोबाट संचालन गरिने आयोजकले बताएका छन् ।