राम बहादुर धामी, डुम्रे २२ चैत्र । तनहुँको घाँसीकुवा–५, लामीडाडामा बुधबार एक व्यक्तिले झुण्डिएर आत्मा हत्या गरेका छन् । स्थानीय ५१ वर्षीय लाल बहादुर भजुलेले दिउँसो १२ तिर घर नजिकैको बारीमा नाम्लोको पासो लगाई झुण्डिएर आत्मा हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शवलाई अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल दमौलीमा राखिएको छ ।