तनहुँ, चैत्र २२, तनहुँ पुर्काट-३ का विष्णु बहादुर गुरुङले घरमा अबैध रुपमा राख्दै आएको भरुवा बन्दुक प्रहरीको जिम्मा लगाएका छन्। गृहमन्त्रालयले अबैध हातहतियार प्रहरीलाई बुझाउन सुचना जारी गरेपछि उनले घरमा राखेको भरुवा बन्दुक पुर्काेट प्रहरी चौकीमा बुझाएका हुन्। हालसम्म जिल्लामा गुरुङले मात्रै घरमा अबैध रुपमा राखेको बन्दुक प्रहरीको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक देव बहादुर बोहोराले बताए। गृह मन्त्रालयले हातहतियार बुझाउन एक महिनाको अवधी थप गरेको र एक महिनापछि कसैले घरमा अबैध रुपमा हातहतियार राखेको पाइएमा उनीहरुलाई कानुनी कारर्वाहीको प्रक्रिया अघि बढाइने बोहोराले बताए।