भक्तपुर, चैत १९ – यसवर्षको एसएलसी परीक्षाको नतिजा असार पहिलो हप्ता सार्वजनिक गर्ने तयारी भएको छ ।चैत १ गतेदेखि ९ गतेसम्म भएको एसएलसीको परीक्षाफल असारको पहिलो हप्ता सार्वजनिक गर्ने तयारी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।बिचमा कुनै अबरोध र नभए तोकिएकै समयमा नतिजा सार्वजनिक गर्न सकिने परीक्षा उपनियन्त्रक प्रल्हाद अर्यालले जानकारी दिनुभयो ।यसवर्ष परीक्षामा देशभरबाट पाँच लाख ४७ हजार १ सय ६५ जना परीक्षार्थी सहभागी भएका थिए । उत्तरपुस्तिका जाँच र नतिजा प्रकाशनको प्रक्रियाका लागि सरकारसंग थप नौ करोड रुपैया माग गरेको अर्यालले जानकारी दिनुभयो । गतवर्षको भन्दा ५० हजार परीक्षार्थी र ३२ वटा परीक्षा केन्द्र बढेकाले केन्द्राध्यक्षको भत्ता, सुरक्षा प्रबन्ध, उत्तरपुस्तिका छपाइ र ढुवानी गर्दा चालु बजेट सकिएकाले थप रकम माग गरिएको कार्यालयले जनाएको छ ।