Responsive Ad Slot

latest

यस वर्षको एसएलसी परिक्षा आजबाट सुरु हुदै, तनहुँबाट ६ हजार ७ सय ५२ जना विद्यार्थी परिक्षामा सामेल हुने

Thursday, March 14

/ by Unknown




राम बहादुर धामी,  आँबुखैरेनी १ चैत्र । यस वर्षको एसएलसी परिक्षा आजबाट सुरु हुदैछ । परिक्षाको लागि सम्पूर्ण तयारी पुरा भएको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । चैत ९ गतेसम्म सञ्चालन हुने एसएलसी परिक्षा अहिले बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । प्रयोगात्मक परिक्षा, सैद्धान्तिक परिक्षा सकिएपछि जिल्ला शिक्षा कार्यालयको व्यवस्थापनमा सञ्चालन हुने कार्यालयले जनाएको छ । एसएलसी परिक्षाको पहिलो दिन आज बिहान अनिवार्य अंग्रेजी विषय परिक्षा हुनेछ । परिक्षामा चीट चोर्ने चोराउने तथा अनियमीतता गर्ने गराउनेलाई १ लाख रुपैया जरिवाना र ६ महिना कैदको व्यवस्था हुने बताइएको छ । वद्मासी गर्ने परिक्षार्थीको आगामी दुई वर्Èसम्मको परिक्षा रद्ध गर्ने सम्मको कारवाहीको व्यवस्था गरिएको छ । यस्तै, यसवर्Èको एलएलसी परिक्षामा ५ लाख ४७ हजार एकसय ६५ परिक्षार्थी सहभागी हुदैछन् । यसमध्ये नियमिततर्फ नियमितर्फ ४ लाख ३० हजार ९७ र एक्जेम्टेडतर्फ १ लाख १७ हजार ६८ रहेका छन् ।



 यस्तै, आजबाट सुरु हुने यस वर्षको एसएलसी परिक्षामा तनहुँ जिल्लाबाट ६ हजार ७ सय ५२ जना विद्यार्थी सहभागि हुने भएका छन् । नियमित तर्फ ५ हजार ८ सय २० जना र ऐक्जामटेड तर्फ ९ सय ३२ जना विद्यार्थी परिक्षामा सामेल हुने जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ । त्यस्तै यस वर्ष पनि जिल्लाको २३ स्थानमा २८ वटा परिक्षा केन्द्र तोकिएको छ । २८ जना परिक्षा केन्द्राक्षको लागि २८ वटा परिक्षा केन्द्र तोकिएको हो । यसैगरी आँबुखैरेनी गाविसमा २ वटा परिक्षा केन्द्र तोकिएको छ । मितत्रा उच्च मावि र राम शाह उच्च माविमा एसएलसीको परिक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा अधिकारी अधिकारी हरि प्रसाद गौतमले बताउनुभयो । मित्रता उच्च माविबाट ६ वटा विद्यालयका २ सय ५९ जना विद्यार्थीले परिक्षा दिने भएका छन्, भने राम शाह उच्च माविबाट ९ वटा विद्यालयका ३ सय १३ जना विद्यार्थीले परिक्षा दिने जिल्ला शिक्षा अधिकारी गौतमले जानकारी दिनुभयो ।





Don't Miss
© all rights reserved
made with by netKUTI