Responsive Ad Slot

latest

महाशीबरात्रीको अवसरमा मन्दिरको उद्घाटन (फोटो फिचर सहति) I

Thursday, March 14

/ by Admin BHOLA THAPA
दमौली १ चैत । महाशीबरात्रीको अवसर पारेर तनहुाको ब्यास नगरपालिका ५ दुम्सीबजारमा दुम्दुमेश्वर महादेव मन्दिर स्थापना गरिएको छ । दुम्दुमेश्वर मन्दिर संरक्षण समितिले नौ लाख सात हजार रुपैयाको लागतमा बनेको दुम्दुमेश्वर महादेव मन्दिर शिब पञ्चायन मन्दिरका प्रमुख दामोदर बाबाले उदघाटन गर्नुभयो ।
बिभिन्न संघ संस्था ब्यास नगरपालिका तथा स्थानिय चन्दादाताको सहयोगमा निर्मित मन्दिरसंगै धार्मिक सत्तल समेत निर्माण भएको छ । मन्दिरको उदघाटन गर्दै दामोदर बाबाले मानव जिवनको मुक्ति धर्मका माध्यामबाट हुने बताउनुभयो ।
उहााले मुलुकमा अहिले धार्मिक सदभाव खलबलिएको समयमा मन्दिर निर्माण तथा धार्मिक कार्यले सदभाव बढाउने बताउनुभयो । दुम्दुमेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष धर्म गिरिले मन्दिर संरक्षण समिति र सरकारले दुम्सीवजारको झण्डै ४ सय रोपनी जग्गाका सिंचाई योजना समेत सुरुवात भएको बताउनुभयो ।
तनहुाको सदरमुकाम दमौलीबाट सात किलोमिटर उत्तर तर्फ रहेको दुम्सीवजारमा मादी नदिबाट सुरु गरिएको सिंचाई योजनाको संरक्षण समेत मन्दिर संरक्षण समितिले गर्ने मन्दिर संरक्षण समितिको सचिव तुलसीराम सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा मन्दिर निर्माणमा चन्दा प्रदान गर्ने स्थानिय समाजसेवी चिरिन्जीवी अधिकार लगायतलाई सम्मान गरिएको थियो ।











Don't Miss
© all rights reserved
made with by netKUTI