Responsive Ad Slot

latest

दमौलीमा हैरान्स कप शुरु I

Monday, March 11

/ by Admin BHOLA THAPA

पवन पौडेल
तनहूँ  २८ फागुन । हैरान्स क्लब दमौलीको आयोजनामा आजबाट दमौलीमा हैरान्स कप जिल्लास्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ ।


प्रतियोगिताको नेपाल तरुण दलका केन्द्रिय सदस्य पुर्ण बहादुर गुरुङले दमौली खेल मैदानमा आयोजित कार्यक्रमका बिच उद्घाटन गर्नुभयो ।  प्रतियोगिताको उद्घाटन गर्दै गुरुङले युवाहरुले चाहेमा समाज परिवर्तन गर्न सकिने बताउनुभयो ।


खेलमार्फत युवाहरुलाई सामाजिक परिवर्तनमा लागेको भन्दै गुरुङले हैरान्स क्लबको सराहना गर्नुभयो ।  नेपाल तरुण दल तनहुँका अध्यक्ष वीर बहादुर थापाले युवाहरुलाई सहभागि गराएर हरेक बर्ष क्लबले गर्ने गरेको प्रतियोगिताले जिल्लाकै सान बढाएको प्रतिक्रिया दिनुभयो ।

क्लबका अध्यक्ष रवीन पौडेलले २०६४ सालदेखि हरेक बर्ष गरिंदै आएको प्रतियोगितालाई यसबर्ष पनि निरन्तरता दिईएको भन्दै सामाजिक कार्यमा युवाहरुलाई लगाउनका लागि विभिन्न कार्यक्रमहरु गरिएको बताउनुभयो । क्लबका संस्थापक अध्यक्ष महेन्द्र रिजालले निष्क्रिय युवाहरुलाई संगठित गरेर स्थापना गरिएको क्लबले दमौलीमा नमुना भएर काम गरिरहेको बताउनुभयो ।


प्रतियोगिताअन्र्तगत आज भएको उद्घाटन खेलमा आयोजक हैरान्स क्लब बि फ्रेन्डस क्लब बेलचौतारासंग १–० ले पराजित भएको छ । यस्तै,दोश्रो खेलमा व्यास युवा समाज दमौली ३–० को फराकिलो गोलअन्तरले जनसेवा क्लब ढोरफिर्दीलाई पराजित गर्न सफल भएको छ ।

समाजका लागि जर्सि नम्बर ८ अजय आलेले २ तथा जर्सि नं ९  दुर्गा थापाले १ गोलको योगदान दिएका थिए ।  खेलको पहिलो हाफमा बराबरी भएपनि दोश्रो हाफमा भने व्यास युवा समाज जनसेवालाई दबावमा राख्न सफल भएको थियो ।

बर्षाका कारण हिजो शुरु हुने भनिएपनि स्थगित भएर शनिबारका लागि सारिएको प्रतियोगिता मैदान नबिग्रिएको भन्दै आजबाट शुरु गरिएको हो । जिल्लाभरका १९ टिमको सहभगिता रहेको प्रतियोगिता १० दिनसम्म चल्ने बताइएको छ ।
जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताका विजेतालाई ५० तथा उपविजेतालाई २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । 

Don't Miss
© all rights reserved
made with by netKUTI