Responsive Ad Slot

latest

फोटोसहितको मतदाता नामावलीमा ५० हजारको नाम दर्ता

Saturday, March 16

/ by Unknown

३ चैत, म्याग्दी । म्याग्दी जिल्लामा करिब ५० हजार जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालय, म्याग्दीका अनुसार फागुन मसान्तसम्म ४९ हजार ७ सय ४४ जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएका हुन् । २७ हजार ४ सय ५१ महिला, २२ हजार २ सय ९१ पुरुष र दुई जना तेस्रो लिङ्गीले नामावली दर्ता गराएका जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार २०६४ सालमा ८८ हजार १ सय ४७ जना १८ वर्ष उमेर पुगेका मतदाता थिए । फोटो र औँठा छापसहित नामावली सङ्कलन गर्दा शुद्धीकरण भएको तथा विदेशमा गएकाहरु छुटेकाले मतदाता सङ्ख्या घटेको निर्वाचन अधिकारी पौडेलले बताउनुभयो ।
निर्वाचन शिक्षाको अभाव, वैदेशिक रोजगारलगायतका कारणले छुट्न गएका नागरिकको नामावली दर्ता तथा अद्यावधिक गर्न शुक्रबारदेखि म्याग्दीका ५ स्थानबाट तेस्रो चरणको अभियान सुरु गरेको जानकारी उहाँले दिनुभयो ।
पिप्ले, राम्चे, लुलाङ, रत्नेचौर र मुदी गाविसबाट एक महिने अभियान सुरु भएको हो । प्राविधिकसहितको टोलीले प्रत्येक गाविसमा तीन दिन नामावली सङ्कलन गर्नेछ । जिल्ला प्रशासन कार्यालयमा पनि केन्द्र स्थापना गरेर नामावली दर्ता गर्ने काम भइरहेको छ । 
Don't Miss
© all rights reserved
made with by netKUTI