Responsive Ad Slot

latest

मजदुरहरु आक्रोशित

Tuesday, March 19

/ by Unknown
मजदुरहरु आक्रोशित
चैत्र ६ - नेपालको सवैभन्दा ठूलो होटल मजदुर संघ अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरा मजदुर संघमा आवद्ध मजदुरहरु नरेश डंगोल, राजेश लामा र सन्तोष भट्टराईलाई श्रम कार्यालयको आदेश समेतलाई उलंघन गर्दै होटल ¥याडिसनको व्यवस्थापनले अचानक निलम्बन गरेकोमा होटल क्षेत्रमा कार्यरत मजदुरहरु आक्रोशित भएका छन् । 

छाता संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ लगायत राष्ट्रिय, अन्तर्राष्ट्रिय श्रम संघहरुलाई गुहारी मजदुर माथि दमन गर्ने, मजदुरहरुलाई संगठित हुन नदिने र मजदुरहरुलाई हतोत्साहित पार्ने, होटल वन्दको धम्की दिने, युनियनको पदवाट जवरजस्ति राजिनामा गर्न लगाउने र उही निर्दोष सावित हुनखोज्ने प्रतिकृयावादी षडयन्त्रको भण्डाफोर गर्दै आन्दोलनमा होम्मिने र आन्दोलनवाटै छिनोफानो गर्ने निर्णयमा अखिल नेपाल होटल,क्यासिनो तथा रेष्टुरा मजदुर संघ पुगेको  महासचिव कुमार पन्तले वताउनु भएको छ । उहांले अनुसन्धानका वाहानामा क्यासिनो माहाजोङ्गका मजदुर अरुण पन्तलाई प्रहरी लगाएर गिरफ्तार गराएकोमा पनि घोर निन्दा गर्दै तत्काल रिहा गर्न माग गर्नु भएको छ। 

यसैवीच विभिन्न संघसंस्था, प्रतिष्ठानहरुमा कार्यरत मजदुर संगठनहरुले अखिल नेपालहोटल, क्यासिनो तथा रेष्टुरा मजदुर संघले अन्यायमा परेका मजदुरका पक्षमा चालेको कदम प्रति सहर्ष ऐक्यवद्धता जनाएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI